वि.सं. २०७५ साल जेठ ६ गते। आइतबार। इश्वी सन् २०१८ मे २० तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– पञ्चमी, ६:५८ बजेदेखि षष्ठी, २८:३१ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। अग्रजहरूको सहमति नाजुट्नाले काम रोकिन सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) केही कठोर नीति अवलम्बन गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। व्यापार-व्यवसाय बढ्नेछ भने श्रमको राम्रो उपलब्धि हात पार्न सकिनेछ। तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न भने विलम्ब हुनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) हिम्मतले काम लिँदा चिताएको काम बनाउन सकिनेछ। स्रोतसाधन जुट्नाले नयाँ काम थालनी हुनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। प्रयत्न गरेका काम सम्पादन हुनेछन्। अध्ययनको उपलब्धिले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। (नेपाली पात्रो)