बेलबारी । सितरियो कराँते संघ बेलबारीद्धारा आयोजित खुल्ला कराँते प्रतियोगिताको उपाधि कन्काई डोजो झापाले हात पारेको छ । शनिवार भएको प्रतियोगितामा चार वटा स्वर्ण र २ वटा सिल्भर पदक हात पार्दै कन्काई डोजो उपाधि जित्न सफल भएको हो । त्यसैगरी तालतलैया डोजो सुनसरीले दोश्रो उपाधि हात पारेको छ । तालतलैयाले ३ वटा स्वर्ण २ वटा सिल्भर ४ वटा व्रन्च पदक जितेका थिए । त्यसैगरी बेलबारी डोजो तेश्रो भएका थिए । बेलबारीले पनि ३ वटा स्वर्ण र २ वटा सिल्भर ४ वटा व्रन्च पदक हात पारेका थिए । २० देखि ६७ केजी तौल सम्मको खेलमा विकास थापा विराटनगर बेष्ट प्लेयर घोषित भएका थिए । त्यसैगरी महिला तर्फ निमा गुरुङ वेष्ट प्लेयर भएकी थिईन् । कार्यक्रममा सितरियो कराँतेका संस्थापक सदस्य महेन्द्र श्रेष्ठलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो । कार्र्यक्रमका विशिष्ट अतिथि पूर्व सांसद हर्कमान तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसैगरी बेलबारीका पूर्व ब्ल्याक वेल्ट खेलाडिहरु तरा बहादुर कार्की, सुवास कार्की र रोशन तामाङलाई पनि सम्मान गरिएको थियो । प्रतियोगितामा झापा मोरङ र सुनसरीका डोजोहरुको सहभागिता रहेको थियो । कराँते खेलको विकास र प्रवद्र्धन गर्दै बेलबारीमा पर्यटनको विकासमा सहयोग पु¥याउन कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक कुन्ति गुरुङले बताईन् । कायकार्यक्रम संघका अध्यक्ष सञ्जय सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।