मधुमल्ला ।मोरङको उर्लाबारी–६ स्थित पाठशाला कृषि सहकारी संस्था लिमिटेडले शनिबारदेखि २ दिने बेमौसमी आग्र्यानिक तरकारी खेती तालिम सुरु गरेको छ । शेयर सदस्य एबं क्रियाशिल ४० जना कृषकहरु तालिममा सहभागी रहेका छन् । तालिमको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, समाजसेबी शोभा पालुङ्वा चेम्जोङ, राधा पोख्रेल, सिद्देश्वर शिवबाबा धामका सचिब गजेन्द्र दंगाल र पत्रकार घनश्याम भण्डारीले बोल्दै बेमौसमी आग्र्यानिक तरकारी तालिम अत्यन्तै सान्दर्भिक भएको भन्दै आयोजकको प्रशंसा गरे । उनीहरुले कृषि प्रधान मुलुक भएपनि अन्य देशमा निर्भर रहनु परेकोप्रति चिन्ता प्रकट गर्दैै कृषि पेशालाई बढुवा दिन आवश्यक रहेको बताए । संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रम सचिब कृष्णप्रसाद शिवकोटीले सञ्चालन गरेका थिए । पाठशाला सहकारीले स्थानीय समाजसेबी शोभा पालुङ्वा चेम्जोङको साढे चार विघा जग्गा लिजमा लिएर तरकारी खेती पनि सुरु गरिसकेको अध्यक्ष खतिवडाले जानकारी दिए ।