पाँचथर/ नाटककार सागर केरुङको छैठौं नाट्य कृति ‘साक्थिम’ को शनिबार बिमोचन गरिएको छ ।

[caption id="attachment_83068" align="aligncenter" width="1024"] ????????????????????????????????????[/caption]

फिदिम स्थिट मनश्वी होटलमा आयोजित कार्यक्रममा साहित्यकार अमर नेम्बाङले कृतिको बिमोचन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेम्बाङले केरुङका नाटकहरु सामाजिक यथार्थवादमा आधारित रहेको बताए । कृति माथि साहित्यकार प्रेम ओझा, लक्ष्मी ढुंगाना, सुरेन शिशिर, मधुराज केरुङ र राज दिलाञ्जलीले बोलेका थिए । बोल्ने वक्ताहरुले केरुङका नाटकहरुमा आदिवासी सौन्दर्यचेत मुखरित रहेको टिप्पणी गरे ।