इटहरी /नेपाली कांग्रेसको युवा दस्ता तरुण दलले सुनसरीमा कांग्रेस जिताउँन महत्वपूर्ण भुमिका खेलेको वत्ताहरुको बताएका छन् । शनिबार इटहरीमा नेपाल तरुणदल सुनसरीले आयोजना गरेको युवा प्रशिक्षण कार्यक्रममा बोल्दै नेताहरुले सुनसरीमा तरुण दल बलियो भएको बताए । नेपाली कांग्रेस सुनसरीका सभापति तथा एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षदलका नेता राजिव कोईरालाले तरुण दलले सुनसरीमा महत्वपूर्ण भुमिका खेलेको बताए । युवा दस्ताहरु गाउँ गाउँमा गएर खटेको भन्दै तरुण दल सुनसरीको प्रशंसा गरे । उनले भने गत निर्वाचनमा सुनसरीमा तरुण दलले महत्वपूर्ण भुमिका खेल्यो । त्यस्तै कार्यक्रममा बोेल्दै काग्रेस नेता तथा प्रतिनिधि सभाको संसद सिताराम मेहेताले तरुण दलले चुनावको बेला महत्वपूर्ण भुमिका खेलेको भन्दै युवाहरूलाई राजनितिमा अगाडी बढाउँनु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै तरुण दल सुनसरीका सभापति शिजन गुरुङले युवाहरुलाई राजनितिमा अगाडी बढानु आवश्यक रहेको बताएका थिए । युवाहरुलाई नेताहरुले प्रयोग हैन उनीहरुको भावना बुझ्नु पर्छ उनले भने ।

युवा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सचिवद्धय केदार भण्डारी,सुजेन्द्र गोले नेपाली काग्रेसका क्षेत्रिय सभापति मणि श्रेष्ठ ,सचिब रमेश पोखरेल, नेपाली काग्रेस इटहरीका कार्यवहाक नगरसभापति शिव दाहाल , नेपाली विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष विकास केसी,काग्रेस नेता राजिव ढुंगाना,मन्दिप भट्टराई लगायतले कार्यक्रममा बोलेका थिए । युवाहरुलाई प्रशिक्षण दिलकुमार बन र विरेन्द्र शाहले दिने छन्।

बी. पी. कोइरालाको मूल प्रेरणामा २०१० कार्तिक १० गते नेपाल तरूण दलको गठन भएको हो । नेपाली समाजलाई गरिबी, पछौटेपन एवं सामन्ति संस्कार र प्रवृत्तिबाट मुक्त गरी कुशल पुस्ता तयार गर्ने प्रयोजनले देशको तरूण शक्तिलाई संगठित रूपमा परिचान गर्न नेपाल तरुण दलको महत्वपूर्ण भूमिका रहेको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहने ,नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउने , समाजमा विद्यमान सामाजिक कुरिति, सामन्ती सोचाई र संस्कार विरूद्ध संघर्ष गर्ने गराउने,स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाजको निर्माण गराउने तरुण दलको उदेश्य हो ।