बेलबारी । साझेदारी वन लागु भए संगसंगै मोरङका विभिन्न स्थानका उपभोक्ताहरु संग तिब्र रुपमा विवाद हुन थालेको छ । उपभोक्ता संगको विवादले साझेदारी वन व्यवस्थापन कार्यक्रम नै प्रभावित भएको छ । मोरङ तीनवटा ठाउँका दुईवटा साझेदारी वन संग यतिखेर विवाद सृजना भएको छ । केराबारी गाउँपालिका वडा नं. ९ का दुईवटा सामुदायिक वन र साझेदारी वन वीचको विवाद निष्कर्ष विहिन भएको छ । साझेदारी वनले केराबारी ९ खयरघारीमा रहेको धरधरे सामुदायिक वन समुहका उपभोक्ताहरुले संरक्षण गरेको वन नै साझेदारीले हडपे पछि विवाद उत्पन्न भएको हो । साझेदारीमा सामुदायिक वन मिलाएपछि उपभोक्ताहरु अहिले वन पैदावरबाट वन्चित भएका छन् । खोर्साने केराबारी साझेदारी वनले धरधरे सामुदायिक वनको हडपेर उपभोक्ताहरुलाई सामुदायिक वन विहिन बनाएपछि अहिले उपभोक्ताहरु आन्दोलित भएका छन् । सामुदायिक वनलाई साझेदारीले हडपेपछि उपभोक्ताहरुले अहिले साझेदारी वनलाई त्यसक्षेत्रको कटान गर्न रोक लगाएको छ । दशवर्ष भन्दा बढी समय उपभोक्ताहरुले जोगाएको वनको उपयोग गर्न नपाएपछि साझेदारी वनलाई पनि त्यहाँ कटानमा रोक लगाएका हुन् । वन कर्मचारी भने सामुदायिक वनका नेतृत्वको कारण वन हस्तान्तरण हुन नसकेको आरोप लगाउदै आएका छन् । यस विषयमा सेक्टर वन कार्यालय सलकपुर र स्थानीय उपभोक्ताहरु बीच पटक पटक छलफल भईसकेको छ । पटक पटकको छलफलमा पनि सहमति हुन नसक्दा साझेदारी वनको कार्यक्रम प्रभावित हुने भएको छ । भने, उपभोक्ताहरु पनि वन पैदावरको प्रयोगबाट वन्चित भएका छन् । यसै विषयमा सेक्टर वन का प्रमुख लालबहादुर माझी, साझेदारीका पदाधिकारी स्थानीय उपभोक्ताहरु वीच शुक्रवार छलफल हुँदा पनि सहमति हुन सकेन । दुवैपक्ष बीच विश्वासको अभावले सहमतिको वातावरण बन्न नसकेको बुझिएको छ । तसर्थ उपभोक्ताहरुले पनि वन कार्यालय संग विश्वासको वातावरण बनाएर वन कार्यालय संग सम्झौता गर्न तयार रहेको संरक्षण समितिका अध्यक्ष रामबहादुर खड्काले बताए । अहिले हामीलाई सिमांकन गरेर वन संरक्षण गर्ने अवशर प्रदान गरुन र एउटा निश्चित समयमा हस्तान्तरण गरुन् हामी यसमा सहमती छौ अध्यक्ष खड्काले बताएका छन् । त्यसैगरी केराबारी ९ कै बेलचौरीमा भने साझेदारीले समुहको क्षेत्रमा रुख कटान गरेको भन्दै स्थानीयले तिब्र आपत्ति जनाएका छन् । बेलचौरी सामुदायिक वनमा चिसाङ बेलबारी साझेदारी वनले विना उपभोक्ताहरुलाई जानकारी नगराई रुख कटान गरेपछि अवरोध सृजना गरेको स्थानीय लालबहादुर लिम्वुले बताएका छन् । लामो समयदेखि हामीले संरक्षण गरेको वनमा साझेदारीको नाममा यसरी रुख कटान गरेपछि स्थानीयले आपत्ति जनाएका हुन् । हामीले दुखले संरक्षण गरेको वन क्षेत्रमा एउटा विरुवा पनि कटान गर्न दिदैनौं बेलचौरी निवासी विष्णु परियारले बताए । साझेदारी वनले उपभोक्ताहरुले संरक्षण गर्दै आएको क्षेत्रमा कटान शुरु गरेपछि यस्तो विवाद सृजना भएको हो । मोरङको चिसाङ बेलबारी साझेदारी वनले उपभोक्ताहरु संग समन्वय नगरिकन रुख कटान गर्न थालेपछि नक्सल सामुदायिक वनका उपभोक्ताहरुले अवरोध गरेका हुन् । साझेदारी वनले नक्सल सामुदायिक वन अन्तर्गत पर्ने वस्ती देखि नजिकै रहेको वनक्षेत्रमा उपभोक्ताहरुले नर्सरी कटान शुरु गरेपछि विवाद उत्पन्न भएको हो । सो क्षेत्रमा उपभोक्ताहरुले अवरोध गरेपछि सो क्षेत्रमा रुख कटान गर्न रोकिएको छ । जिल्ला वन कार्यालय मोरङका डिएफओ विनोद देवकोटा र सामुदायिक वन उपभोक्ता महासंघ मोरङको उपस्थितिमा छलफल हुँदा पनि विवाद कायम रहेको समितिका अध्यक्ष चन्द्रकला मगरले बताईन् । उपभोक्ताहरुले वस्ती नजिकैको क्षेत्रमा रुख कटानमा भएपछि त्यसलाई रोक्नु पर्ने माग राखेका छन् । उपभोक्ताले संरक्षण गरेको क्षेत्रमा स्थानीयले नै उपभोग गर्ने व्यवस्थापन मिलाउन वन संग माग गरेका छन् ।