विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार भक्त बहादुर बिष्ट अनुसन्धानमा उत्कृष्ट ठहरिएका छन् ।

मोरङमा पछिल्लो समय घटेको अपराधिक क्रियालपहरुमा सुष्मा रुपमा अनुसन्धान गरी प्रहरी हवल्दार बिष्टको सक्रियतामा अपराधि पक्राउ गर्न मोरङ प्रहरी सफल भएको थियो ।

मोरङमा घटेको अपराधिक गतिविधीहरुमा सफल अनुसन्धानपछि अभियुक्तहरु पक्राउ गर्न सफल भएको भन्दै प्रहरी हवल्दार बिष्टलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ २०७५ बैशाख’ महिनाको एवार्ड प्रदान गर्यो । प्रदेश नम्बर १ विराटनगर प्रहरी नायब महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाहले विष्टलाई उत्कृष्ट प्रहरी भएको शुक्रबार घोषणा गरेका थिए । सफल अनुसन्धान र अपराधि पक्राउ गर्न प्रहरी हवल्दार विष्टले खेलेको उल्लेखिनिय भूमिकाको कदर गर्दै प्रदेश प्रहरीले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको बताइएको छ ।

मोरङ जिल्लामा घटना भएको जघनिय प्रकृतिका अपराध, कर्तब्य ज्यान, ठगि, गोली प्रहार, लुटपाटमा सफल अनुसन्धान गरेको भन्दै प्रदेश प्रहरीले सम्मान गरेको प्रदेश प्रहरीले दिएको सम्मान पत्रमा उल्लेख छ । त्यस्तै प्रहरी हवल्दार बिष्टले भाइबरमार्फत चिठा पर्यो भन्दै लाखौ रुपमा ठगि गर्ने गिरोहका मुख्य नाइकेहरुलाई ठूलो परिणामको नगदसमेत पक्राउ गरेका प्रहरीको रेकटमा उल्लेख छ । उनले विराटनगरको एक घरमा २० वर्षिय विनोद यादवलाई तीन टुक्रा पारी विर्भत्स तरीकाले हत्या गरेको घटना सफलता पूर्वक अनुसन्धान गरी अपराधि पक्राउ गर्न सफल भएका थिए । त्यसैगरी उनले कटहरी गाउँपालिकामा सासु, बुहारी हत्या हाण्डका अभियुक्तहरुलाई समेत लामो समयको अनुन्सधानपछि पक्राउ गरे । उनले पछिल्लो समय धार्मिक द्धन्द्ध फैलाउने उद्देश्यले धर्मगुरुले आफैले आफैलाई गोली प्रहार गर्न लगाउने अभियुक्तरुलाई समेत पक्राउ गर्न उल्लेखिय भूमिका खेले । मोरङमा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिणामको सामान बरामद गरी राजस्व संलकनमा सहयोग पुर्याएका थिए ।

प्रहरी हवल्दार बिष्टलाई यस अघि पनि प्रदेश प्रहरीले सफलता पूर्वक अनुसन्धान गरेको भन्दै उत्कृष्ट प्रहरीबाट सम्मान पाएका थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्सान र हौसला प्रदान गर्न प्रत्येक महिना पुलिस अफ द मन्थबाट सम्मान गर्दै आएको छ ।