इटहरी/केहि वर्ष देखि इटहरी होटलमा युवती राखेर गदै आएको अवैध धन्दा बन्द भए पनि कन्ट्याक गर्ल भने बिगबिगी हुन थालेको पाइएको छ । व्यबसायीहरुले फरक ढंगबाट युवतीहरु बोलाई धन्दा गराउँने गरेको प्रहरीले कर्ल गर्ल पक्राउ गरे सँगै व्यबसायीहरुको अबैध धन्दा सार्वजनिक भएको हो ।

पछिल्लो केहि समय यता यौनकर्मीहरु समेत धमाधम इटहरी छिर्न थालेका भन्दै इटहरीको होटलहरुमा कडाई गर्ने थालेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर राजन कार्कीले बताए । मोरङको दुलारी आसपास कोठा लिएर बसी इटहरी आसपासको क्षेत्रमा गर्ल गर्लको रुपमा काम गदै आएका ५ युवतीलाई पक्राउ गरी मुद्धा दायर गरिएकाे कार्कीले बताए । कर्ल गर्लहरु एकै दिनमा ५ देखि ७ जना ग्राहकसँग बस्ने गरेको पाइयो उनले भने । अहिले इटहरीमा कन्ट्याक (कर्ल गर्लहरु) छ्यापछ्याप्ती हुन थालेको प्रहरीको दाबी छ ।

९ जना यौनकर्मीसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले इटहरीस्थित गणपति होटल लगायतका विभिन्न होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । यौनकर्मीसँगै होटलका सञ्चालक राजकुमार सुवेदी, ग्राहकहरु कैलालीका भरत बिष्ट र हेटाैडाका महेश कुँवरसहितलाई पक्राउ गरेको इन्स्पेक्टर कार्कीको भनाई छ । इन्स्पेक्टर कार्की भन्छन् होटलवालाले कति पैसा कुरा गरेको हुन्छ कर्ल गर्ललाई समेत थाहा हुन्न रहेछ । ६ हजार रुपैयाँको दरले दुई केटी बोलाएको र केटीहरुलाई २ हजारको दरले पैसा दिएको भेटिएसँगै सञ्चालकलाई पनि पक्राउ गरेको हो ।

होटल व्यबसायी संघका अध्यक्ष जिवन पराजुलीले यौनधन्दा नयाँ तरीकाबाट गराउँछ भन्ने सुनेका छौँ । केहि होटलहरुले भने गराएका छन् कि भन्ने हो । तर प्रहरीले अहिले कोठामा बसेकाहरुलाई पनि उठाईरहेको छ पराजुलीले भने । त्यस्ता यौनधन्दा गराउँनेलाई कडा काबार्ही होस हामी प्रहरीलाई सहयोग गछौँ अध्यक्ष पराजुलीले भने । पहिला जस्तो अबैध धन्दा चाही बन्द भईसकेको छ, कसै कसैले गर्छन् भनेको सुनेको छु त्यस्तालाई कडाई गर्नु पर्छ पराजुलीले भने ।

व्यबसायी आतंकित केहि दिन देखि इटहरी तथा आसपासको क्षेत्रका होटलहरुमा छापा हानेर व्यबसायीहरु आतंकित भएको व्यबसायिकहरुले आरोप लगाएका छन । प्रहरीले होटलहरु छापा मार्दा राम्ररी होटल गर्नेहरु पनि आतंकित हुदा समेत होटल व्यबसायी संघ समेत मौन बसेको भन्दै व्यबसायी संघ र प्रहरीको ब्यावसायीहरुले विरोध जनाएका छन्।

इटहरीका न्यू रिमिक्स होटलका सञ्चालक कुमार घिमिरेले प्रहरीले बारम्बार छापा हान्न थाले पछि आफु हाेटल बेचेर दुलारी जान लागेको बताए । व्यबसायी संघ समेत चुपचाप व्यबसायीको काम नगरी बसेको भन्दै आफ्नै संघको विरोध जनाए । त्यस्तै इटहरी चौकका व्यबसायी बासुदेव खरेलले पनि होटलमा प्रहरीले बारम्बार छापा मारेर होटलमा बसेकाहरु आतंकित भएको भन्दै यस विषयमा व्यबसायी संघ बोल्नु पर्ने बताए । उनले भने होटल व्यबसायी संघ अहिले सम्म चुपचाप काम नगरी बसेको भन्दै संघको विरोध गरे । पछिल्लो समयमा होटल व्यबसायी संघ इटहरीको भूमिका प्रति व्यबसायी नै आक्रोषित हुन थालेका छन् ।