काठमाडाै । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब २ अर्बको चल–अचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।

माओवादी केन्द्रको चल–अचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब १ अर्ब बराबरको सम्पत्ति रहेको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

यसैबीच, पार्टी एकीकरण भएको खुसीयालीमा बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको छ । विघटित दुई पार्टीका नेता–कार्यकर्तासहित २ सय जना सहभागी भोजको खर्च एकीकृत पार्टीले ब्यहोर्ने छ ।