यौन सन्तुष्टिको लागि पोर्न फिल्म हेर्ने धेरै मानिसहरु हुन्छन् । तर, कोही कोही पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएर पागलपनको स्थितिमै पुग्न सक्छन् ।

हालसालै थाइल्याण्डको बैंकक शहरमा पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भएपछि एक युवकले चक्कुले आफ्नै लिंग काटेका छन् ।

विसानु श्रीसानाओ नामका ३० वषर्ीय युवकले अपार्टमेन्टमा बसेर स्मार्टफोनमा हार्डकोर पोर्न भिडियो हेरिरहेका थिए । भिडियोको दृश्यले उनलाई पागलपनको अवस्थामा पुर्यायो र चक्कु निकालेर आफ्नै लिंग काट्न थाले ।

लिंगबाट अत्यधिक रक्तश्राव हुन थालेपछि विसानुले दुखाइ खप्न सकेनन् र त्यसलाई रोक्न खोजे तर, सकेनन् । त्यसपछि मात्रै उनले डाक्टरलाई फोन गरे ।

डाक्टरहरु चौंथो तलामा रहेको उनको अपार्टमेन्टमा आइपुग्दा निवस्त्र रहेका उनी हातले यौनाङ्ग छोपिरहेको अवस्थामा भेटिए ।

उनलाई तुरुन्त हस्पिटल लगियो र उनी अहिले बैंककस्थित एक हस्पिटलमा उपचार गराइरहेका छन् । उनको लिंग पुरै नकाटिएकोले दीर्घकालीन क्षति नभएको डाक्टरले बताएका छन् ।

हस्पिटलमा उनले उक्त अवस्थामा पोर्न फिल्म हेरिरहेको बताउँदै उनको लिंग काट्ने अवस्थामा पुग्नमा भिडियोको दोष रहेको बताए ।

उनको तस्वीर खिच्ने चिकित्सकले सहयोगको लागि गएको बेलामा उनी अर्धचेत अवस्थामा ‘म पोर्न हेर्दै थिँए’ भनेर चिच्याइरहेको बताएका छन् ।