धरान/नेपाल कम्म्युनिष्ट पार्टि (एमाले) र माओबादी केन्द्र बिच विहिबार एकता घोषणा भएको छ । दुई ठुला कम्युनिष्ट घटक मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ ।पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ ।

६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् ।पुनर्ग्ठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् ।पुनर्ग्ठित पार्टीले दैनिक कार्यसञ्चालनका लागि ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको छ । पार्टी एकता संयोजन समितिमा एक सदस्य थपेर सचिवालय बनाइएको हो ।पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् ।

कार्यकारी अधिकार दुबै अध्यक्षमा हुनेछ ।त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।