काठमाडाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जानकी मन्दिर परिसरको मञ्चमा स्वरुप बिग्रेको नेपालको झण्डा नेपाल प्रदेश सरकारले नभएर भारतीय राजदूतावासले राखेको खुलेको छ । नयाँ पत्रिका दैनिकका अनुसार भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झण्डा राखेका थिए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टी भारतको र उत्तरपट्टी नेपालको झण्डा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आघा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झण्डा राखेको नयाँ पत्रिका दैनिकमा खबर छ ।