मोरङ/अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मोरङ प्रहरी प्रमुख अरुणकुमार विसीलाई जिल्लाको पथरीशनिश्चरेका उद्योगी व्यवसायीले बुधबार पथरीमा सम्मान गरेका छन् । 

पथरी उद्योग वाणिज्य संघको आयोजनामा एसपी वीसीलाई सम्मान गर्दै एसएसपीमा बढुवा भएकोमा उनलाई बधाई समेत ज्ञापन गरिएको थियो । कार्यक्रममा, संघका अध्यक्ष दीपक बस्नेत, समाजसेवी वीरबहादुर बस्नेतले सम्मानपत्रले सम्मानित गरेका छन् ।

एसपी विसीले देशकै चर्चिक सुनकाण्ड र सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लावासीले उनको प्रशंसा गरेका छन् ।