इटहरी । भारत सामु सरकार लम्पसार परेको भन्दै सरकार विरुद्ध नेपाल विद्यार्थी संघ सुनसरीले इटहरीमा प्रर्दशन गरेको छ । राष्ट्रबादी कुरा गर्ने केपी ओली नेतृत्वको सरकारलाई भारतले हेपाह प्रबृति देखाउँदा पनि मौन वसेको भन्दै विद्यार्थीहरुले सरकार विरुद्ध सडकमा प्रर्दशन गरेका हुन । सडक प्रर्दशनमा बोल्दै नेपाल विद्यार्थी संघ सुनसरीका सभापति मन्दिप भट्टराईले सरकारको लम्पसारबाद लज्जा भएको भन्दै सरकारको विरोध गरे । भारतका नेताहरुले देश विरोधी कुरा गर्ने समेत परराष्ट मन्त्रालयले विज्ञप्ती समेत जारी नगर्नुले सारा नेपालीको शिर झुकेको उनको भनाई थियो। भारतका हेलिहरु नेपालको विमानस्थलमा अझै पनि बसीरहेको भन्दै सरकार भारत प्रति लम्पसार भएको उनको तर्क छ । सरकार भारत प्रति निकम्बा भएको भन्दै विद्यार्थीहरुले सरकारको आलोचना गरेका थिए । भाषणमा राष्टबादी कुरा गर्ने केपी ओली सरकारले आफ्नो देशलाई भारतले तल्लो स्तरमा ब्याबहार गर्दा पनि चुपचाप बसेको भन्दै विद्यार्थीहरु आपत्ती जनाएका हुन । विरोध कार्यक्रममा महेन्द्र क्याम्पसका इकाई सभापति विवेक लिम्वु ,विद्यार्थी नेता सहदेव काफ्ले लगायतले सरकारको कार्य प्रति आलोचना गरेकका थिए ।