पथरी । युवा संघ नेपालको २८ औँ स्थापना दिवशमा युवा संघ नेपाल कानेपोखरी गाउँ संगठन कमिटिले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । मंगलबार कानेपोखरी –५, स्थीत कालिकोशी सिमसार क्षेत्रको मुहान सरसफाई गरेको हो । प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय सचिवलाय सदस्य रविन थापाको उपस्थितीमा सरसफाई कार्यक्रम भएको थियो । कालिकोशी सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन त्यस स्थानको अगुवाहरु गुरु योजना बनाएर लागी परेका छन् । सरसफाई कार्यक्रममा कानेपोखरी– ६,को वडाध्यक्ष खड्ग बस्नेत, युवा संघ नेपाल मोरङ जिल्ला कमिटिका सचिव नविन पौडेल, भूपाल श्रेष्ठ, सचिवलाय सदस्य कुमार फुयल, युवासंघ नेपाल क्षेत्र नं. ३ का क्षेत्रिय सदस्य एविन पाठकको उपस्थीत रहेको थियो । त्यसैगरी युवा संघ नेपाल उर्लाबारीको आयोजनामा उर्लाबारीको बक्रा खोलामा रहेको आर्यघाट सरसफाई सम्पन्न गरेको भिष्म बुढाथोकीले बताए ।