यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा बैक नहुदा स्थानियहरु घण्टै लगाएर सदरमुकाम जाने गर्दथे । बंैकको काम समयमा नसकिदा सदरमुकाममै बास बसेर काम गर्नु पथ्र्यो, तर अहिले समय फेरिएको छ । नागरिकले गाउँपालिकाबाटै सेवा पाउँन भन्ने उदेश्य अनुरुप सबै स्थानिय तहमा बैङक साखा स्थापना भईरहेका बेला कुम्मायक गाउँपालिकामा पनि मेगा बैकले सेवा दिन थालेको हो । गाउँपालिकाको शिक्षा, कृषि, स्वास्थ्थ, पसु र बिकाश निर्माण लगायतको बित्तीय कारोवार गाउँपालिकामै हुने मेगा बैङकका साखा मेनेजर कृष्ण बास्तोलाले बताए । कुम्मायक गाउँपालिकामा ९६ औं साखाको रुपमा बैङक स्थापना गरी सेवा प्रबाह गर्दै आएका छौ । उनले भने अब गाउँपालिकामा भएका सबै आर्थिक कारोबार यही बैङकबाट हुन्छ बास्तोलाले भने । बैङकले ४९ जिल्लामा ९६ वटा शाखामार्फत बित्तीय सेवा प्रबाह गर्दै आएको छ । बैङकको निक्षेप ५७ अर्ब ५५ करोड र कर्जा तथा सापटी ५५ अर्ब ७० करोड रुपायाँ पुगेको जनाएको बैङकले बाकी १७ वटा साखा खोल्ने तयारी भईरहेको बताएको छ । कुम्मायक गाउँपालिकामा २०३८ सालमा राष्ट्रिय बाणिज्य बैंक र २०४१ सालमा कृषि बिकाश बैक स्थापना भएको थियो । जनताले बैंककिङ सेवाको प्रत्यक्ष रुपले सेवा पाएका थिए । तर तत्कालिन समयमा दद्धको कारणले गर्दा बैंक संञ्चालन गर्न समस्या भएको भन्दै २०५८ सालमा सदरमुकाम केन्द्रित भएका बैंकहरु गाउँपालिकामा स्थापना नहुदा बिगत १७ बर्ष देखि बैकिङ सेवा लिनबाट स्थानियहरु बञ्चित भएका थिए । तर लामो समयको अन्तरालपछि कुम्मायक गाउँपालिकामा मेगा बैङक स्थापना भए संगै स्थानिय हर्सित समेत भएका छन । गाउँपालिकामा भईरहेका सम्पुर्ण योजनाहरुको आर्थिक कारोबार बैंकबाटै हुने कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । स्थानिय तहको निर्बाचन भएको एक बर्षपछि बैक स्थापना भएको छ । अब नागरिकले सोही बैकबाटै सेवा पाउने छन । उनले भने । कुम्मायक गाउँपालिकामा बित्तीय कारोबार गर्ने बिभिन्न संघ सस्था दर्जन बढि छन । हाल सम्म गाउँपालिकामा निर्धन बैंक, लक्ष्मि बैंक र साहारा नेपाल लगायतका बित्तीय संस्थाहरुले सेवा प्रबाह गर्दै आएका छन ।