पाँचथर/ पाँचथर उद्योग वाणिज्य संघको ११ औं अधिवेशन ५ बैशाखदेखि सुरु हुँदैछ । अधिवेशन सुरु हुन तीन दिन बाँकी हुँदा चुनावी सारगर्मी पनि बढेको छ ।

संघको आगामी नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राप्रपा नेपाल निकट व्यबसायीहरुको समूहले वर्तमान महासचिव तुल्सीदास श्रेष्ठलाई अध्यक्षमा अघि सार्दै मंगलबार उम्मेद्वारी घोषणा गरेको छ । त्यस्तै नेपाली काँग्रेश निकट व्यबसायीहरुले युवा व्यबसायी दीपक नेपाललाई अध्यक्षमा अघि सार्दै उम्मेद्वारी घोषणा गरेको छ । दुबै समूहले उद्योगी, व्यबसायीका हक, हितलाई केन्द्रमा राखेर आफ्ना चुनावी प्रतिबद्धता ल्याएका छन् ।

५ बैशाख देखि सुरु हुने अधिवेशनको निर्वाचन ७ गते हुने तालिका छ । संघको यसपल्टको अधिवेशनमा एक हजार ८३६ मतदाता रहेका छन् ।