[caption id="attachment_82673" align="aligncenter" width="720"] तस्विर छ ः रिचार्ज मेसिनबाट आर्थिक कारोबार गदै सर्वसाधरण[/caption]

इटहरी/ आर्थिक कारोबार सहजताको लागी इटहरीमा पहिलो पटक कियोक्स (रिचार्ज) मेसिनबाट आर्थिक कारोबार गर्ने थालिएको छ ।

मोवाईलमा ब्यालेन्स,विजुली,पानी,डिस होमको विल देखि पैसा पठाउँन र बैकमा पैसा जम्मा गर्ने काम रिचार्ज मेसिनबाट गर्ने थालिएको हो । सनसाईन नेपाल टुर्स एण्ड ट्राभल्स र गोर्खा डिपाटमेन्टको सम्पूर्ण कार्यलयहरुबाट सुरु हुने भएको छ ।  पछिल्लो समयमा प्रविधिले फड्को मारेसँगै प्रदेश एकमा प्रमुख शहर इटहरीबाट मेसिन सञ्चालनमा ल्याईएको हो । मेसिनमा पैसा खसाले पछि सबै प्रयोजनका आर्थिक कारोबार हुने भएकोले पनि मेसिन अत्याधुनिक रहेकोले इटहरीमा मेसिन ल्याइएको इटहरीमा युवा ब्यावसायी देवराज मादेनले । इटहरी जस्तो ब्यापारीक शहरमा मेसिन सेवाको लागी सञ्चालनमा ल्याएको हुँ उनले भने ।

प्रभु मेनेजमेन्ट प्राईभेट लिमिटेडले पूर्वी नेपालका ब्यवसायी देवराज मादेनसँगको सहकार्यमा पहिलो पटक इटहरी र यस आसपासका उपभोक्ता सेवाग्राहीलाई ध्यानमा राख्दै मेसिनबाट सम्पूर्ण आर्थिक कारोवारसँगै बैङ्कि कारोवार एवम अन्य कारोबार वा सेवाका बील भुक्तानीका लागि लाईनमा बस्नु पर्ने समस्या हट्ने मादेनको भनाई छ । सोमवार भएको पत्रकार सम्मेलनमा प्रमु मेनेजमेन्टका विकी शाहीले उ्क्त प्रविधिको सेवाका विषयमा विश्वासनीय सेवा रहेको र कसैले पनि आफ्नो बील वा तिरेको पैसा गलत स्थानमा प्रयोग भयो कि भनेर शङ्का गर्ने सम्भावना समेत नहुने प्रविधि पहिलो पटक पूर्वी नेपालको  इटहरीमा आएको बताए । उनले भने यो मेसिनले नक्कली र सक्कली पैसा समेत छुट्याउँछ ।