माेदी भ्रमणका बेला राष्ट्रिय झण्डा बिगारिएकोमा लालबाबुले मागे ३ दिने स्पष्टिकरण

alt
  • बैशाख ३१, २०७५
  • २१ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ ।

संघीय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै प्रदेश २ का मुख्य सचिवसहित सरकारी अधिकारीहरुसँग स्पष्टिकरण मागेका हुन् ।

दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा राखिएको नेपालको झण्डाको स्वरुप र आकार किन फरक भयो भनेर चारवटा सरकारी निकायका अधिकारीहरुसँग तीन दिने स्पष्टिकरण मागिएको मन्त्री पण्डितका स्वकीय सचिव वसिम आलमले बताए ।

उनका अनुसार प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण मागिएको हो ।

स्पष्टिकरणमा भनिएको छ-दुवै देशका प्रधानमन्त्रीबाट सम्बोधन गर्ने कार्यक्रममा राखिएको नेपालका राष्ट्रिय झण्डाको आकार र स्वरुप नेपालको संविधानको अनुसुचीमा रहेको आकारमा नभई फरक आकार र रुपमा देखिन आएको छ । निर्धारित स्वरुपभन्दा फरक आकारमा झण्डा कसरी प्रयोग भयो ? भ्रमण व्यवस्थापनमा संलग्न कर्मचारीको हैसियतमा तपाई समेत जिम्मेवार हुने भएकाले के कसरी कसको लापरवाहीले भएको हो, ३ दिनभित्र स्पष्टिकरण पेश गर्नू ।’

अनलाइनखबर

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved