धरान/ मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरू शनिबार सदन स्कुलकाे भवनमा र्याम्पवर्क गरेकाे भटिए । धरानका करीब १० भन्दना बढी मन्टेश्वरीका बालबालिकाले र्याम्पवर्क, नृत्य र तेक्वान्दाे प्रस्तुत गरेका थिए । स्पेशल एजुकेसन सेन्टरकाे अायाेजनामा भएकाे 'इनक्लुसिभ फेसन शाे' मा बालबालिकाहरूले अाफ्नाे प्रतिभा प्रस्तुत गरेका हुन् ।

उनीहरूलार्इ र्याम्पमा उर्तान माेडल तथा सञ्चारकर्मी इक्सा मादेनले विशेष भुमिका खेलेकी थिइन् । शाेकी काेरियाेग्राफरसमेत रहेकी मादेनले बालप्रतिभालार्इ क्याजुअल र परम्परागत भेषभुषामा उतारेकी थिइन् ।  मन्टेश्वरी किन्डरगार्टेन, धरान माेन्टेश्वरी,ब्लसम मन्टेश्वरी र युरेका स्कुलका बाल प्रतिभालार्इ स्टेजमा उतारिएकाे थियाे । कार्यक्रममा पाँचवटा सिक्वेन्समा बालबालिका प्रस्तुत भएका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाकाे शिक्षा समितीका संयाेजक शंकर धिमिरे, ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्कीलगायतलार्इ बालबालिकाले मुग्ध पारे । नेपाल मन्टेश्वरी एसाेसिएनकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।