काठमाडौं/  मानिसले आलियालाई यी खबरहरूका बारेमा प्रश्न गर्दा उनी लाजले रातोपीरो हुन्छिन् ।बलिउड अभिनेत्री आलिया भट्टको लिंकअप रणवीर कपूरसँग भएको खबर आजकल खुब चलिरहेको छ । एक टीभी च्यानलसँगको अन्तर्वार्ताका बेलामा आलिया यो प्रश्न सुनेर बहुतै लजाइन् र आफ्नो अनुहार दुवै हातले ढाकिन् । उनले आफ्नो अफेयरका बारेमा केही पनि नलुकाउने अनि केही पनि नबताउने भनिन् ।

आलिया भन्छिन्, ‘अफेयरका खबरहरू साँचो भएपनि मलाई नराम्रो लाग्दैन, झुटो भएपनि नराम्रो लाग्दैन । यस्ता खबरले मलाई असर पार्दैन । म कूल बस्नुपर्छ । अफेयरको कुरा म कहिले पनि सीधै स्वीकार गर्दिनँ र अस्वीकार पनि गर्दिनँ ।’

आजकल रणवीरसँगको अफेयरको खुबै चर्चा छ नि ? के हो वासतविकता ? यो प्रश्नको जवाफ दिँदै आलिया भन्छिन्, ‘रणवीरसँग म फिल्म ब्रह्मास्त्रमा काम गरिरहेको छु । काम गर्दा मज्जा आइरहेको छ । रणवीर प्रतिभाशाली अभिनेता हुन् । उनी शान्त, सरल र सुझबुझपूर्ण मानिस हुन् ।’

यसो भन्दै गर्दा आलिया खुबै लजाइन् र हातले मुख छोपिन् । आलिया भट्टले हालै ‘राजी’ फिल्ममा निर्वाह गरेको भूमिकाको खुबै प्रशंसा भइरहेको छ ।

एजेन्सी