भद्रपुर । होटलमा अनैतिक कार्य गरिरहेको अवस्थामा विचौलिया बनेर योजना बनाएको आरोपमा प्रहरीले छापा मारी तीन योजनाकार र दुइजोडीलाई प्रक्राउ गरेको छ । झापाको भद्रपुरनगरपालिका ५ देउराली होटलमा अवैध धन्दासगै यौनजोडीबाट रकम असुल्न योजना बनाउने आरोपितसहित यौनकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 होटलमा अनैतिक कृयाकलाप हुने गरेको प्राप्त गोप्य सूचना अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट गएको टोलीले आइतबार साँढे एघार बजे इन्द्र कुमार वनले सञ्चालन गरेको होटलमा छापा हानेको वडाका इन्सपेक्टर प्रकाश जवेगूले बताए । होटलमा योजना बनाउने भद्रपुर ५ का ३८ वर्षीय सुमन गुरुङ् , इलाम फाकफोक १ का १८ वर्षीय मंगल लिम्बु र  भारत वंङ्गाल गंगारामपुरका ३१ वर्षीय बिप्लव चौधरीलाई नियन्त्रणमा लिएको वडाका इन्सपेक्टर जवेगूले जनाए । प्रहरीले सोहि होटलमा अनैतिक कार्य गरिरहेका भारत वंङ्गाल मलदहका वर्ष ३८ का आबु मोहमद,सोहि स्थानका ३८ वर्षीय मुक्दर हुसेन,ताप्लेजुङ् लिम्बुदिन ५ की १८ वर्षीया रोशी ईधिङगो र सोहि स्थानकी १७ वर्षीया सनम लिम्बुलाई नियन्त्रणमा लिइएको जवेगूले बताए ।
प्रहरीले दिएको घटना विवरण अनुसार होटलमा अवैध क्रियाकलाप हुने गरेको सुमनलाई जानकारी रहेको थियो । पक्राउ परेका जोडिहरु पहिले पनि सोहि होटलमा आउने गरेको सुमनलाइ जानकारी भएपछि सुमन र विप्लवले उनिहरुमाथि निगरानी बढाइरहेका थिए । सुमन र विप्लव भारतबाट मोवाइल ल्याएर नेपालमा बिक्री गर्ने काम गर्दै आइरहेको अवस्थामा साथी बनेका थिए भने मंगल लिम्बुले केटी ल्याउने काम गर्दै आइरहेका थिए । आइतबार आबु र मुक्दर होटलमा आएका थिए । केहिबेरपछि केटी होटलमा छिरेको देखेपछि योजनाकारपनि होटलमा छिरेर जोडीसँग ५ लाख रकमको दलाली गरेका थिए । उनिहरुले रकम नदिने जनाएपछि साधा पोशाकका प्रहरीलाइ बोलाएर रकम असुल्न योजना बनाएका थिए । जिल्ला प्रहरीका साधा पोसाकका प्रहरीले होटलमा हुदै गरेको योजनालाई जिल्लाले वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएपछि गएको प्रहरी टोलीले होटलमा छापा मारेको झापाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका जोडी र रकम माग गर्नेमाथि अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जनाए । आरोपित प्रमाणित भएमा कानून अनुसार कार्वाही हुने उनको भनाइ छ । घट्ना स्थलबाट आबु र मुक्दर सवार भारतीय डब्लू बि २४ के ४६०९नम्बर को कार समेत बरामद गरिएको प्रहरीले जनाएको छ । रोशीले पहिले पनि उनिहरुसग अवैध सम्बन्ध राख्दै आएकी र सनमलाइ समेत रोशीले सगै लिएर आएको स्वीकारेकी छन् ।  घट्नापछि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।