इटहरी/महत्वकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको विराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग बिस्तार परियोजनाको काम इटहरीमा आएर विवादित बन्न पुगेको छ ।

[caption id="attachment_61127" align="alignleft" width="500"] लेखकः धनबहादुर पुरी[/caption]

राजमार्ग निर्माण ब्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी-धरान सडकलाई सेन्टर लाइनबाट दाँया-बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ । त्यसैगरी ०३४ साल असार २० गते राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दाया र वाया २५/२५ मिटिर कायम गरिएको थियो । २०३४ सालमै सडकले सडक आसपासको १५ मिटर जग्गाको मुअब्जा जग्गा धनीले पाईसेकेका छन् । अहिले त्यही हाईवेमा घर भएका धनीमनीहरु नै सडक सानो बनाउँनु पर्छ भन्दै रोई कराई गरिरहेको देख्दा विकास निमार्णको काममा धनीहरु नै बाधक छन् भन्दा फरक नपर्ला । २०७० साल असारबाट कोशी राजमार्ग अन्तर्गत बिराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको थियो ।

तर अन्य ठाउँ जस्तै तरहरा ,विराटनगर खनार लगायतका ठाउँहरुमा बाटो निमार्णले प्रथामिकता पाउँदा इटहरीमा काम रोकिनु आफैमा दुःखद कुरा हो । प्रादेशिक राजधानीको दाबी गरिरहेको इटहरी सडक बढाउँन समेत हिचकिचाउँदा अन्य शहरहरु हास्न थालेका छन् । विकासको बाधक कोहि बन्नु हुन्न । २०२१ सालमै मुअब्जा लिएर लामो समय देखि सडकको जग्गामा सटर भाडा लगाएर खानेहरु विकास विरोधी भएको प्रष्ट देखिन्छ । सडकको जग्गामा भवन बनाई भाडा लगाउँन पल्केकाहरु इटहरीमा सडक बिस्तारमा विरोधी भएको देखिन्छ । त्यो केबल निश्चित घरवालाको आम्दानीको स्रोत्र जाने डरका कारण रचेको प्रप्रञ्च इटहरीमा लागु भएको देखिन्छ । वर्षाै देखि सडकको जग्गामा हैकम जमाएर महंगाे भाडा लगाएर ब्यापारीहरुलाई लुट्न पल्केकाहरु अहिले सडक विस्तारमा विरोध गर्नु कतिको जायज छ । निश्चित चौकका केहि ठुला ब्यापारीहरुको स्वार्थको लागी किमार्थ हाइवे सडक विस्तार रोकिनु हुन्न । पहुँच र सेटिङको भरमा हाईवे विस्तारको काम रोक्ने प्रयास गर्नेहरुलाई कानुनी कार्बाही गर्नु पर्छ । सधै विकासको बाधक बनेर सडकमा बनेका घरको भाडा खान पल्केकाहरुकै कारण इटहरीमा समस्या दिनानुदिन बढ्दै गएको प्रष्ट छ । केहि ब्यापारी र घरवालाको निर्देशनमा यत्रा ठुला योजना किन एकाएक रोकियो ? केहि राजनितिक दललाई अगाडी बढाई सडक विस्तारको विरोध गर्नु कतिको जायज छ ? के ब्यापारीहरुकाे  ब्यावसाय धरासायी हुन्छ भनेर सरकारले आफ्नो सडक विस्तार गर्नु पनि नपाउँनु ? विकास विरोधी माग अगाडी बढाई संर्घष समिति गठन गर्नेहरुलाई कानुनी कार्बाही गरियोस् सरकार । हिजो प्रादेशिक राजधानी हुनु पर्छ भन्नेहरु अहिले सडक भत्काउँन हुदैन भन्दै उफ्रिएको देख्खा अचम्म लाग्दो छ । इटहरीको चौक इटहरीका निश्चित ब्यक्तिको स्वार्थको लागी विकासको बाधक हुनु हुदैन । आम इटहरीबासीले यस विषयमा गम्भिर हुनु जरुरी छ । एक नम्बर प्रदेशको प्रमुख केन्द्रबिन्दु इटहरीले अहिले बाटो निमार्णमा बाधा पुराउँने हो भने इटहरीको भविष्य दश वर्ष पछि धकिलिने पक्का छ । तसर्थ यस विषयमा सामाजिक व्यक्ति,राजनितिक दलहरु चौकमा घरभएका धुपौरे बन्नु भन्दा पनि इटहरीको भविष्य बन्नु आवश्यक देखिन्छ । तरहराका ब्यापारीहरुले २५/२५ छोड्दा इटहरीले भने १५ मात्र छोड्छौ भन्दै रोई कराई गर्नु कतिको न्यायचित निर्णय हुदैछ यस विषयमा पनि सोचियोस् । यसरी विकास निमार्ण भईरहेको कार्यलाई ब्यापारीहरुको लैलैमा लागेर इटहरीका मेयर द्धारिकलाल चौधरीले सडकको बिचबाट १५/१५ मिटर मात्र बाटो विस्तार गर्नु पर्छ भन्दै सडक विस्तार कार्यलयलाई दिएको पत्र गल्ती भयो भन्दै फिर्ता माग्नुको विकल्प छैन ।

सडक विस्तारमा हुनै पर्छ सडक यातायातको विकास र विस्तार नै कुनै पनि देशको समग्र विकासको आधार हो । यसैकारण समग्र सडक विस्तारमा गरिएको लगानीलाई सकारात्मक रुपमा लिनु पर्छ । किनकि यसले देसको लागि सकारात्मक प्रतिफल दिनेमा कुनै सन्देह छैन । बरु बनेका सडकहरुको गुणस्तरलाई समेत सरकारले यथोचित ध्यान दिनु आवश्यक हुन्छ । इटहरीका अधिकांस सडक अहिले पनि जिर्ण अवस्थामा खाल्डाखुल्डी धेरै छ । भित्रि सडकहरु कामै नलाग्ने गरी बिग्रिएको छ । सडकको जग्गा मिचेर बनाईएका भवनहरुको कारण इटहरीको समस्या लामो समय देखि टाउँको दुखाईको विषय बन्दै आएको छ । सरकारले अब सडक निर्माण गर्दा पनि पर्याप्त चौडाइ भएको सडक निर्माणलाई प्राथमिकता दिनु पर्दछ । सडक भनेको पूर्वाधारको पनि पूर्वाधार हो भन्ने मान्यतालाई सरकारले आत्मसात गरी सरकारले सडक निर्माण गर्दा तत्काललाई खर्चिलो देखिए पनि हार्इवे उच्च प्राथमिकतामा राख्नु पर्छ । नेपालमा मानविय कमजोरीहरुबाट मात्र होइन, यातायातका साधनहरुको कमजोर अवस्था, अधिकांश सडक मौसमी र माटे हुनु, धेरै सडक विना इन्जिनियरिङ्ग बनाइनु र आवश्यक चौडाईयुक्त समेत नहुने जस्ता प्राविधिक कारणहरुबाट समेत नेपालमा सडक दुर्घटना हुने गरेको छ ।

पार्किङ समस्या कहिले सम्म ? साधुरो सडक, अव्यवस्थित पार्किङ । न पैदल हिड्ने बाटो नै छ न सवारी पार्किङ गर्ने ठाउँ । अव्यवस्थित पार्किङले इटहरी बजारको सुन्दरतालाई कुरुप बनाएको छ ।सडकको दाँयाबाँया जथाभावी रुपमा सवारी साधनको पार्किङले पैदल हिड्ने यात्रु मात्र होइन व्यावसायी पनि आजित भएका छन् । पैदल यात्रु हिड्ने बाटोमा सवारी साधन रोकिदिनाले पैदल यात्रुहरु सडकको बीच बाटोबाट हिड्नु पर्ने बाध्यता छ । बैंक तथा वित्तिय संस्था संचालन भएको ठाउँमा झनै पार्किङको समस्या हुने गरेको छ । यातायातका साधनको बढ्दो चापले गर्दा पनि पार्किङ व्यवस्थापनमा कठिनाई बढ्दो छ । पार्किङले आधा सडक नै ढाकिदिने गर्दछ । बजार क्षेत्रमा सहज रुपमा हिड्ने वातावरण हुनुपर्छ, नगरपालिकाले उचित व्यवस्था गरिदियोस् । एकतातिर सडकमा फूटपाथका सामान राख्ने गरेको अर्कोतिर पैदल यात्रु हिड्ने पेटी नहुदाँ सास्ती खेप्नु परेको इटहरीमा सडक विस्तार सानो गर्नु पर्छ भन्दा लाज लाग्नु पदैन ? अव्यवस्थित पार्किङले व्यापारीहरुले पनि हैरानी खेप्नु परेको छ । पसल अगाडि पार्किङ गरिदिनाले सामान किन्न आउने ग्राहक घटेको छ त्यो ब्यापारीले बुझ्नु पदैन ?