सुरज काफ्ले

मोदीको_स्वागतमा

मन छ खुवाउनलाइ एक कप चिया - उहिलेका चिया पसलेलाइ ।

मन छ कुदाउन कारमा राखेर - सडक खाली गराइ स्वागतलाइ ।

मन छ फूलमाला लगाउन लाम लस्कर जनताहरू बसेर - किलो किलोका माला उनेर गलालाइ ।

बनाउनलाइ चिया उबेला ब्ल्याकमा किनेका ग्याँस अझै छन् । गुडाउन गाडी उबेला कै इन्धन जोगाएका छाैँ । लगाउन माला र अविर उबेला अाैषधी खान नपाएका बिरामीहरू छन् । वरिपरी तस्वीर सजाउँला भु-कम्प पीडितहरूले नाकाबन्दी खेपेको ।

मन त थियो मेरो, यसरी भव्य स्वागत गर्नलाइ ।| भैदियो यस्तो कि, - उबेला बिरोधमा डुक्रिएका - योबेला उतै फ्रकिएका लुब्धो || अति लुब्धो चरित्र निभाउँदैछन्, मोदीको स्वागतमा । @ Suraj Kafle - Dhankuta