बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् ।

उनले दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरिन् । बिहान साढे १० बजे उद्घाटन कार्यक्रममा राखिएको थियो । तर, करिश्मा २ घन्टा ढिलो आइन् । जबकि बिहान साढे ८ बजे नै उनी एयरपोर्ट उत्रिसकेकी थिइन् ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई पनि निम्त्याइएको थियो । एउटा सामान्य कार्यक्रमका लागि महंगो रकम खर्चेर भारतीय नायिकालाई झिकाउनुको आशय भने प्रष्ट भएको छैन । त्यसमाथि करिश्मा अहिले बलिउडबाट हराइसकेकी नायिका हुन् ।