पाँचथरको स्याबरुम्बा–५ की २२ वर्षीया सुन्दरी भूमिका चौहान मोडलिङमा आफ्नो भविष्य खोजी रहेकी छिन् । ५ फिट ३ इन्चअग्ली भूमिकाले २ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । हाल अमेरिकाको ओइयोमा रहेकी उनी त्यहाँ पनि मोडलिङमा सक्रिय रहेकी छिन् ।

उनले गायक रण खड्काको ‘कसरी भनौं म तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियोबाट मोडलिङमा पाइला चालेकी हुन् । उनले गायक खडकाकै अर्को ‘नलोभियौं साइली अर्काको धनैयमा’ बोलको गीतमा पनि उनले दमदार अभिनय गरेकी छन् । यतिबेला अमेरिकामा पनि अर्को भिडियोमा उनी अभिनय गर्ने तयारीमा छिन् । बैवाहिक बन्धनमा बाँधिसकेकी उनी सशक्त अभियन गर्न माहिर छिन् ।

सानैदेखि मोडलिङ क्षेत्रमा रुची राख्ने भूमिकामा पति पनि संगीत क्षेत्रमै भएका कारण उनलाई मोडलिङमा आउन सहज बनेको छ । गायक खड्का भूमिकाका पति हुन् । गायक खड्काले पहिलो गीति संग्रह ‘मेमोराइज’ केही समयअघि बजारमा ल्याएका थिए । सोही एल्बमबाट गायक खड्काले यतिबेला भिडियो निर्माण गरिरहेका छन् ।

आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी भूमिका मार्मिक भूमिकामा आफ्नो कला प्रस्तुत गर्ने रहर रहेको उनले बताइन् । मोडलिङसँगै कलाकारिता क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले सुनाइन् । भबिष्यमा राम्रो कलाकार बन्ने सोचाई रहेको छ उनले भनिन् । मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमका रुपमा लिएको बताउने भूमिकाले यस क्षेत्रलाई समाजले अझै नकारात्मक रुपमा लिने गरेको बताउँछिन् ।