पानवारी । आन्दोलनरत यातायात व्यवसायीहरुलाई सरकारले धमाधम पक्राउ गर्न थालेको छ । धरानबाट ७ जना यातायात व्यवसायी पक्राउ परेका छन । अत्यावश्यक सेवा सन्चालन ऐन अन्तर्गत अत्यावश्यक सेवा अवरुद्ध गर्नेहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा सप्तकोशी बस व्यवसायी संघका सचिव हरी थापा, सह–सचिव गणेश विष्ट र कोषाध्यक्ष सुमन थापा, पुर्वाञ्चल यातायात बस व्यवसायी संघका उपाध्यक्ष मोहनमणी बराल, कोशी बस व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव नेत्रबादुर थापा र संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।