पानवारी । मोरङको केराबारी गाउँपालिका वडा नं. ५ सतिसालेमा निर्मित साङ्गे नाङ्साल छ्योलिङ गुम्बाको उद्घाटन गरिएको छ ।

गु

म्बामा बुधबार एक कार्यक्रमको आयोजना गरी ताइवानबाट आएका ताओ एशोसिएसन अफ नेपालका प्रमुख धर्मगुरु चाओ सिङ सिभोङ र प्रदेश सांसद उपेन्द्र घिमिरेले संयुक्त रुपमा गुम्बाको उद्घाटन गरेका हुन् । सतिसाले घेदुङ चोकमा रहेको गुम्बा केराबारी गाउँपालिकाको नमुना गुम्बाको रुपमा रहेको गुम्बाका अध्यक्ष चन्द्रबहादुर जिम्बाले बताए । करिब २ कठ्ठा क्षेत्रफलमा रहेको गुम्बा निर्माण भएको छ ।

उद्घाटन कार्यक्रममा गुम्बा भित्र रहेको मूर्तिको अनावरण समेत गरिएको थियो । कार्यक्रममा बौद्ध शिक्षा प्रबचन गरिएको थियो र त्यसको व्यवहारीक पक्षको विषयमा धर्मगुरुले प्रबचन दिएका थिए । कार्यक्रममा गुम्बा निर्माण गर्न सहयोग पु¥याउने विभिन्न संघ संस्था तथा व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन कार्यक्रममा केराबारी गाँउपालिकाकी उपाध्यक्ष शान्ति लिम्बू भुजेल, ५ नं. वडाध्यक्ष राम राई, तत्कालिन याङशिला गाविसका पूर्व अध्यक्ष टेकबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो ।