म ब्रम्ह हुँ, तिमी पनि ब्रम्ह हौ

ब्लाष्टखबर

सत्यको खोजीमा हिँडेको यस आख्यानको नायकले नथाक्ने, नरोकिने संकल्प नै लिएको थियो। कहाँ पुगेन ऊ, पहाडका गुफा कन्दरामा, वन जंगलका दुर्गम प्रान्तमा, नदी किनारै किनार हजारौ किमीको यात्रा गरेन कि  ? तर, सबै स्थलहरुमा उसले ‘आफूजस्तै मानिस आ–आफ्नै तरीकाले जीवनयापन’ गरिरहेको पायो।

नायकको नाम ? होइन पाठकगण किन चाहियो तपाईँलाई नायकको नाम ?

त्यो नायक “यही लेखक” हुन सक्छ। यो लेख पढिरहेको तपाईँ “त्यो पात्र” हुन सक्नुहुन्छ। जीवनमा कुनै लेख, रचना, किताब नपढेको जुम्लाको पनि सुदुर पहाडी परिवेशको एउटा सामान्य मानिसमा पनि त “त्यो नायकमा” हुने सारा गुण र प्रवृति हुन सक्छन्।

त नायक वर्षौको अनवरत प्रयासपछि यसै पृथ्वीको कुनै कुनामा स्थित एउटा आश्रममा पुग्छ। यहाँ सम्म पुग्न उसले यात्रा थालेको दिनदेखि ‘थालेको खोज र संघर्षको’ प्रतिफल थियो।

के तपाईँ विश्वास गर्न सक्नु हुन्छरु उसले आफ्नो यात्राक्रममा जुन श्रृंखलाबद्ध अभियान जारी राख्यो, त्यो अभियानको श्रृंखलामा एउटा पनि सोपान छुटेको वा यता उति भएको भए ‘ऊ’ यो आश्रम आइपुग्ने थिएन।

जीवन संयोग मात्र होइन, महा महासंयोग हो। ती अनन्त संयोगमध्ये एउटा पनि संयोगको क्रम उलटफेर भएमा परिणाममा आमूल फरक आउन सक्छ ।

त यस आलेखको नायक आफूसँग भइरहेका सबै संयोग स्वीकार गर्दै आश्रमका गुरु सम्मुख उपस्थित हुन पुग्छ। यथोचित सम्मान प्रदान गर्दै आफ्नो जिज्ञासा व्यक्त गर्छ ।

हजुर को हो ?

प्रश्नको छोटो जवाफ प्राप्त हुन्छ, “अहम् ब्रहस्मि” । म ब्रह्म हुँ पुत्र ।

नायकले पुनः प्रणाम गरी प्रश्न गर्छ, ‘म को हुँ’ रु पुनः स्पष्ट जवाफ आउँछ, ‘तत् त्वम् असि’ । तिमी पनि त्यै हो, अर्थात ब्रह्म हौ ।

यो प्रश्नले नायकको मनमा चिसो पस्छ, बुढा खुस्केट हुन कि क्या हो रु आफुलाई ब्रह्म हुँ भन्छन् । ल होला यिनको विषयमा मलाई के थाहा हुनु, यी आफूमा ब्रह्म हुन पनि सक्छन ! तर म ब्रह्म !! ? बुढाले कतै “ब्रह्म घोटा” त लाएंका छैनन् ? पन्ध्र वर्षदेखि भौताँरिदै हिँडेको म लठुवालाई पनि ब्रह्म हो भन्छन्। हो न हो, म गलत ठाउँमा आइ पुगे जस्तो छ, यहाँबाट केही पाइएला जस्तो छैन।

अन्यमनस्क भावले सारा सामर्थ्य र साहस जुटाई नायकले एक पटक पुनः प्रश्न गर्ने जमर्को गर्छ ।

अनि यो चारैतिर विस्तीर्ण भएको संसार, तीं गाई, त्यो ढुंगा, त्यो रुख, त्यो सूर्य आदि सारा दृष्टिगोचर पदार्थ र संसार के हो ?

पुर्वकै सहजताले नायकका कानमा शब्द गुन्जरित भएं, ‘सर्वमिद्म खलु ब्रह्म’ । यो सारा विश्ब–ब्रह्माण्ड नै ब्रह्म हो, ब्रह्मको विस्तार हो ।

नायकको मनमा वेदना र क्रोधको अपूर्व मन्थन हुन थाल्यो । मेरो समय र सामर्थ्य दुबै यहाँ आउने चक्करमा वर्बाद भयो । कुन दशा लागेर यहाँ आइपुगें । बुढो खुस्केट होइन, महा खुस्केट पो रहेछ । जे सोधे पनि जवाफ ब्रह्म मात्रै तेर्साइदिन्छ, ‘ब्रह्मफोबिया’ बाट ग्रस्त पो रहेछ बुढो।

कुन चिन्तनमा लीन भयौ वत्स ! केही अरु जिज्ञासा भए सोध, मैले जानेको जवाफ दिन्छु, गुरुले सहजतापुर्वक सोध्छन्।

तपाईँसँग त जुन पनि प्रश्नको एउटै मात्र जवाफ छ, ब्रह्म ! ब्रह्म !! ब्रह्म !!! कुनै पनि प्रश्न सोधेर के फाइदा रु नायकले किंचित झर्किदै भन्छन् ।

तिमीले ठीक भन्यौ वत्स ! मैले धेरै विषय पढेपछि पनि आफ्ना जिज्ञासाको समाधान न पाउँदा ब्रह्मविद्या अध्ययन गरेँ । यस ब्रह्म विद्या अध्ययन उपरान्त अरु केही पढिन, जानिन र देखिन । तिमी युवा अन्वेषक हौ, तिमीले धेरै कुरा जानेको होला ‘ । गुरुले सम्यक सौम्यताले भने ।

२०१७
ज्ञान मित्र
मैले जानेको र पढेकोले मेरा जिज्ञासा शान्त नभएर विगत पन्ध्र वर्ष देखि डुलिरहेको छु, भौँतारिएको छु, नायकले खिन्न भावले भन्यो।
त्यसो भए समस्या पो भयो, “तिमीले पढेको – जानेको कुरा मलाई भन्न तिमी नै कुनै उपयोगिता ठान्दैनौ” र मैले जानेको कुरा तिमी बुझ्न चाहदैँनौ ।

तपाईँका कुरा बुझ्न नचाहेको भए म यहाँसम्म किन आउँथे ? तपाईको आश्रम सुगम स्थानमा त छैन ? ल मैले माने तपाईँ ब्रह्म हो, सारा संसार ब्रह्मकै विस्तार हो । सारा संसार र तपाईँ ब्रह्म भएर मैले “ब्रह्म नै हो” बुझ्न सक्दिन । के तपाईँ मलाई ‘म ब्रह्म हो’ बुझाउन सक्नु हुन्छ रु नायकले किंचित आंवेगमा भन्यो।

किन नसक्नु ? तिमी ब्रह्म भन्दा पृथक भएको भए पो बुझाउन सकिँदैन, तिमी “त्यै” हौ त बुझाउन के गाह्रो ?

ल त्यसो भए मलाई बुझाई दिनुस, म पनि ‘ब्रह्म हुँ’ नायकले हतारिँदै भन्यो ।

म बुझाउन त तिमीलाई जुन पनि प्रकारले सक्छु । तिमीले बोकेको मोबाइलबाट, मोबाइलमा तिमीले राखेका ‘गेम प्रोगामिङ’ बाट, तिमी स्वयंबाट, तिम्रो लुगामा टाँस्सिएका धूलिकणबाट । तर तिमी कुन भाषा र बिम्बबाट बुझाएको ग्रहण गर्न सक्छौ, त्यो मेरो संज्ञानमा छैन ।

तपाईँले जुन भाषा र बिम्बबाट थालनी गरे पनि हुन्छ । नायकले गर्वसाथ भन्छ ।

तिम्रो यस गर्वोक्तिमा हाँस्न मात्र सकिन्छ, तिमीलाई आफैँ थाहा छैन तिमी के भनिरहेका छौ ? मलाई लाग्दैन तिमी छन्द, व्याकरण, संगीत, नाद, गणित, रसायन, ‘क्वाण्टम फील्ड थ्योरी’, ‘स्टैण्डर्ड मोडल अफ पार्टिकल्स फिजिक्स’, ‘फण्डामेन्टल फोर्स’ आदि बारेको प्रारम्भिक ‘टर्मिनोलोजी’ पनि बुझ्न सक्छौ ?

नायक (झर्किदै) म यी विषयको ज्ञान लिन हिँडेको होइन । ‘कलेज लेभल’ मा मैले ‘साइन्स’ पढेको थिएँ, अब मलाई यी विषयको ज्ञान आवश्यक छैन । म सत्यको खोजीमा उन्मुख भएको छु ।

तिम्रो बौद्धिक दरिद्रतामा मलाई करुणा जाग्छ । सामान्य शिक्षित हुनु एवम् आजीविका कमाउन संग्रह गरेका “केही जानकारी”लाई तिमी ज्ञान प्राप्त गरेको ठान्छौ १ यसो गरेर तिमी ‘प्रज्ञानं ब्रह्म’ को अवहेलना गरिरहेका छौ ।

तपाईँले अब ज्ञानलाई पनि ब्रह्म बनाई दिनुभयो !

मैले बनाएको होइन, ब्रह्म बाहेक अन्य केहीको अस्तित्व नै छैन वत्स !

मलाई यो बोध कसरी हुन्छ ?

ज्ञानले वत्स ! आफ्ना जानकारीलाई विश्लेषण, शोधन गर्दै जाउँ, जुन पनि विषयको अन्तिम परिणती ब्रह्मकै सत्तामा पुगेर टुंगिन्छ ।

के विज्ञान अध्ययनले पनि यो सम्भव छ ?

निसंदेह विज्ञान त तन्त्रका माफिक द्रुतगामी छ । एउटा फूल कै अध्ययन गर्दै जाउँ, एउटा ढुंगाकै अध्ययन गर । तर त्यो अध्ययन ‘फूलविद्’ र ढुंगाविद् हुनलाई नभएर अस्तित्वको अन्तिम प्रस्थान बिन्दु वा प्रारम्भबिन्दुसम्म जान्ने, बुझ्ने, त्वरा र कोटिले सम्पन्न हुनु पर्छ ।

अहिलेलाई तिमी आफ्नै दुनियाँमा फर्क, अध्ययनलाई चिन्तन, चिन्तनबाट मनन, मननलाई प्रज्ञामा रुपान्तरित गर । यही क्रममा तिमी आफैँ रुपान्तरण हुन्छौँ । अहिले तिमी अरुले खोजेको सत्य थाहा पाउन उद्यत भएका छौ। अरुको सत्य तिम्रा लागि पदार्थभन्दा फरक हुन सक्दैन ।

के ‘पार्टिकल फिजिक्स’ को अध्ययनले यो सभव छ ?

साधु ! साधु !! वत्स यो त आधुनिक विज्ञान भैरवतन्त्र हो, महाकाल तन्त्र हो, महाकाली तन्त्र हो । कणाद, कपिल, विश्वामित्र, ऋषिहरुले गरेको साधना हो । निसंदेह तिमी आफ्नो अभीष्टमा सफल हुन्छौँ । जाउँ वत्स ‘डार्क मैटर’ एवम् ‘डार्क एनर्जी’ रुपी “शिवशक्ति” तिम्रो स्वागतार्थ विकल हुनुहुन्छ ।

किंकर्तव्यविमुढ बनेको नायकले उठेर गुरुको खुट्टामा निधार राख्छ, अवरुद्ध गलाले भन्छ, ‘तपाईँले मलाई जीवनको बाटो देखाइदिनु भयो।’ म यो ऋणबाट कहिल्यै उऋण हुन सक्दिन, उऋण हुन चाहन्न पनि।

गुरुले नायकको दायाँ पाखुरामा समातेर स्वयं उठ्दै, नायकलाई पनि उठाएर आलिंगन गर्दै भन्छन्, यशस्वी भव पुत्र, तिमी जस्तो जिज्ञासु एवम् मुमुक्षु अभिलाषीलाई मार्गदर्शन गर्न पाएर मेरो पनि जीवन धन्य बनेको छ । म तिमीलाई अहिले नै तिमीले मानेको सबै ऋणबाट उऋण गर्दछु । एकमात्र निवेदन गर्छु, ‘कसैलाई परामर्श दिने अवस्था आयो भने शास्त्रजनित होइन व्यक्तिजनित परामर्श दिनू।’

ताजा अपडेट