पानवारी । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा स्ववियु कपका विजेताहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ ।

क्याम्पस प्रांगणमा भएको पुरस्कार वितरण कार्यक्रममा गत वर्ष फागुनमा भएको स्ववियु कपमा सहभागी भई विभिन्न खेलमा विजयी हुने प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

स्ववियु कपमा चेस, टेबलटेनिस, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रिकेट, बास्केटबल लगायतका खेलहरु सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद सावित्रा श्रेष्ठ रहेकी थिइन् भने विशेष अतिथि क्याम्पस प्रमुख प्रा.डा. धनबहादुर कार्की र क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा. पशुपति मिश्र रहेका थिए । कार्यक्रममा माननिय प्रदेश सांसाद श्रेष्ठलाई माग पत्र समेत हस्तान्तरण गरिएको स्ववियु सभापति सौरभ सञ्जेलले जानकारी दिए । सांसद श्रेष्ठलाई क्याम्पसमा रहेको संग्रहालयको स्तरोन्नती, गरिब विद्यार्थीहरुलाई निःशुल्क पढ्ने व्यवस्था मिलाउन, क्याम्पसलाई ड्रिम युनिभर्सिटिको रुपमा विकास गर्न पहल गरिदिन माग गर्दै माग पत्र प्रस्तुत गरिएको थियो ।

साथै क्याम्पसबाट अवकास भएका कर्मचारी तथा शिक्षकहरुलाई विदाई समेत गरिएको थियो ।