बलिउडमा कास्टिङ काउचको विषयले चर्को रुप लिइरहेको छ । कास्टिङ काउचको अर्थ हो नयाँ युवतीहरुलाई फिल्ममा काम दिलाउने बहानामा गरिने यौन उत्पीडन ।

हालै अवार्ड विजेता मराठी अभिनेत्री उषा जाधवले कास्टिङ काउचबारे आफ्नो अनुभव सेयर गरेकी छिन् । इन्डष्ट्रीमा शक्तिशाली व्यक्तिहरुले नयाँ अभिनेत्रीसँग सेक्सुअल फेबर खोज्नु आम कुरा भएको उनले बताइन् । आफूर्लाइ पहिलोपटक फिल्ममा मौका दिने व्यक्तिले त्यस्तै फेभर मागेको उनको भनाई छ । उषाका अनुसार त्यतिबेलाको संवाद यस्तो थियो :

निर्माताः हामीले तिमीलाई काम दियौं, त्यसको बदलामा केही त फर्काउ ?

उषाः खोई के दिउँ, पैसा त मसित छैन ।

निर्माताः हामी पैसाको कुरा गरिरहेका छैनौं । हामी त सँगै सुत्ने कुरा गरिरहेका छौं ।

उषाः कोसित सुत्ने ?

निर्माता : निर्मातासित वा निर्देशकसित । हुन सक्छ दुवैसित ।

यति मात्र नभएर ती निर्माताले आफूमाथि यौन दुव्र्यवहार गरेको पनि उनले उषाले बताइन् ।

‘उनले मलाई जहाँसुकै समाते, जहाँसुकै किस गरे,’ बीबीसीको एक डकुमेन्ट्रीका लागि दिएको अन्तरवर्तामा उषाले भनेकी छिन् । कामको लोभमा आफूले बाध्य भएर निर्माताको शर्त मानेको उनको भनाई छ ।

कास्टिङ काउचका विरुद्ध हालै एक दक्षिण भारतीय अभिनेत्री श्री रेड्डीले सडकमा नग्न प्रदर्शन गरेकी थिइन् । त्यसपछि नै यो विषय चर्चामा आएको हो ।