धरान/ सञ्चारकर्मी उमेश भण्डारीले ‘विरानो लाग्छ’ म्युजिक भिडियो मार्फत् डेब्यु गरेका छन् । योगेश काजीको आवाजमा बनेको म्युजिक भिडियोमा उनको मोडलिङ देख्न सकिन्छ ।

म्युजिक भिडियो युट्युमार्फत् बुधबार मात्रै सार्वजनिक गरिएको छ । मेलबुङ ७ दोलखा निवासी भण्डारी विगत ७ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत छन् । आधुनिक पप गीत रहेको म्युजिक भिडियोमार्फत् उनले आफू स्थापित हुने विश्वास व्यक्त गरे ।

अभिनयमा अाैधि रूचि राख्ने भण्डारीकाे सपना यो म्युजिक भिडियोले पूरा गरेको उनले बताए । एचएनजी प्रोडक्सनले उत्पादन गरेको भिडियो फार अवे इन्टरटेनेन्टले सार्वजनिक गरेको हो । भिडियो सुभाष गहतराजले निर्देशन गरेका छन् ।

 योगेश काजी कै संगित र देवेन्द्र पुनको शव्द रहेकाे छ ।

https://youtu.be/Ummjsv1ACcE