‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘ए हावा’ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।

[embed]https://youtu.be/hGk97HWcG_0[/embed]

सुन्दर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराव वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ । पछिल्लाे समय शाक्य सांगीतिक कार्यक्रममा निकै नै व्यस्त रहने मध्ये एक गायिका हुन्। हालसालै मात्र उनले अस्ट्रेलिया,हङकंङ लगायतका देशका  कार्यक्रममा सहभागी भएकी थिइन् ।