प्राविधिकहरुको लापरवाही वा कमजोरीका कारण कतिपय योजनाले लाभ दिनेभन्दा बढी हानि पु¥याउने गरेका उदाहरणहरु भेटिन्छन् । त्यस्ता योजनाले सर्वसाधारणलाई क्षति पु¥याउने मात्र होइन, निर्माण अवधि लम्ब्याउने र लागत बढाउने समस्या पनि सिर्जना गर्छन् । प्राविधिक रुपबाट कमजोर संरचना निर्माण हुँदा कहिलेकाहीँ ठूलै जोखिम पनि आइपर्न सक्छ । प्राविधिक रुपमा कमजोर भएकै कारण कतिपय बहुतले भवन भत्किएर सयौँ–हजारौँका ज्यान गएका घटनाहरु पनि समाचारमा बेला–बेलामा आइरहन्छन् । यस्ता घटना नौला होइनन् । हाम्रै देशमा पनि बेला–बेलामा यस्ता घटना सुनिन्छन् । भर्खरै एउटै यस्तै घटना सार्वजनिक भएको छ । मोरङको केराबारी गाउँपालिकालाई सिंहदेवी गाउँपालिकासँग जोड्ने १२ किलोमिटर सडक बनाउने क्रममा ठेकेदार र प्राविधिकहरुले मनोमानी गरेको पाइएको छ । ठेकेदार कम्पनी गीताञ्जलि कन्स्ट्रक्सनले सडक बनाउँदा ड्रेन (नाली) आपूmहरुको खेतीयोग्य जमीनमा पारिदिएको भन्दै स्थानीय आक्रोशित भएको समाचार सार्वजनिक भएको छ । साँच्चै नै, सडकको ड्रेन सर्वसाधारणको नम्बरी जग्गा र घरमा पुग्ने गरी बनाइएको छ । केराबारी–सिंहदेवी सडकखण्डको साईडाँडामा डे«न सर्वसाधारणको जग्गामा छाडिएपछि खेतीयोग्य जमीन र घरहरु पनि जोखिममा परेका छन् । ठेकेदार र जिल्ला समन्वय समितिका प्राविधिकहरुको मिलोमतोमा ड्रेन निजी घर तथा जग्गामा छाडेर आपूmहरुलाई विस्थापित गर्न खोजिएको स्थानीयको आरोप छ । ड्रेन तत्काल व्यवस्थित नगरिए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । ड्रेनका कारण सो स्थानमा बर्खाको बेला पहिरोको जोखिम बढेको छ । यो निकै संवेदनशील विषय हो । सर्वसाधारणको सम्पत्ति र ज्यान नै जोखिममा पर्ने गरी काम हुनु कुनै पनि अर्थमा उचित होइन । यसमा प्राविधिक कमजोरी स्पष्ट देखिन्छ । सडक किनारबाट कुदाउनुपर्ने ड्रेन कसरी निजी जग्गामा पुग्यो ? यसको जवाफ खोजिनुपर्छ । यसले प्राविधिकहरुको योग्यतामा पनि प्रश्नचिह्न खडा गरेको छ । निजी जग्गा र घरतिर सोभ्mयाएर ड्रेन बनाउँदा आपूmहरु विस्थापित हुने खतरा रहेको स्थानीयको भनाइ छ । यस्तो अवस्था सिर्जना हुँदा पनि कुनै पत्तो नपाउनु प्राविधिकहरुको अयोग्यता हो । यदि जानाजान यस्तो गरिएको हो भने यसमा स्पष्ट रुपमा पूर्वाग्रह देखिन्छ । यस विषयमा तत्काल समाधान दिएर स्थानीयलाई सुरक्षित महसुस गराउनु आवश्यक छ । अञ्जानमा प्राविधिक कमजोरी भएको हो भने यसलाई सच्याउनुपर्छ । जानाजान सर्वसाधारणको ज्यान र सम्पत्तिलाई जोखिममा पार्न खोजिएको हो भने दोषीलाई कारवाहीको दायरामा ल्याउनु अपेक्षित छ । त्यसैले यो विषयमा यथार्थ के हो भन्ने बुभ्mन तत्काल छानबिन गरिनु वाञ्छनीय हुनेछ । यसतर्पm सम्बन्धित निकायको ध्यान जानुपर्छ ।