धरान । भेडेटार नजिकै रहेको धरान–४ स्थित थाउजेण्ड विग बुद्धको मुनिपट्टिी एक अज्ञात व्यक्तिको शव फेला परेको छ । नयाँ बाटो खनेर माटो झरेको स्थानमा शररिको पछाडिपट्टी ढाड जलेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपि रामेश्वर पौडेलले जानकारी दिएका छन् । मृतकको पछाडिपट्टी डढेको भएपनि अनुहार भने प्रस्ट रहेको र मंगोलियन अनुहार भएको अन्दाजी ३५–४० वर्षको पुरुष रहेको प्रहरीले बताएको छ । प्रहरीले उक्त शव बुधबार बेलुकी फेला पारे पनि मृतकको पहिचान अझै हुन सकेको छैन भने हत्या हो वा आत्महत्या त्यो समेत खुलेको छैन । डिएसपी पौडेलका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ भने घटनास्थलमा कुकुर समेत प्रयोग गरेर अनुसन्धान भइरहेको बताएका छन् ।