काठमाडाै । सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरुले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् ।

समितिहरुले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेको हाे।

बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरुले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन्’,  ‘सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्था समितिले विनाकारण एकैपटक त्यति ूलो परिमाणमा पैसा निकाल्न पाउँदैनन् । तर यातायात व्यवसायी समितिले मुद्दती खाताबाट करोडौं पैसा निकाल्न थालेका छन् ।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सीडीओले नै यातायात व्यवसायी समितिलाई नियमन गर्ने व्यवस्था भएकाले उनीहरुको खाता रोक्का गर्न मन्त्रालयबाट कुनै निर्णय गर्नुपर्ने स्थिति नरहेको  बताएका छन् ।

यातायात क्षेत्रमा लगानी गरिएको ९ खर्ब ९८ अर्ब १५ करोड रुपैयाँ करको दायरा बाहिर छ । गैरसरकारी संस्था (एनजीओ) का रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण हुँदै आएकाले उनीहरुको लगानी करको दायराबाहिर रहेको हो ।