विराटनगर । अनिवार्य आधारभुुत शिक्षाका लागी शुुरु भएको विद्यार्थी भर्ना अभियान कार्यक्रम मोरङमा सुरु भएको छ । अभियान अन्र्तगत मोरङमा छुटा छुटै कार्यक्रम गरी ६२ जना आर्थिक विपन्न सामुदायका विद्यार्थीहरुलाई मन्त्रीले विद्यालयमा भर्ना गराएका हुन् । संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालवावुु पण्डितले विद्यालयभर्ना अभियान अन्र्तगत मोरङको एक विद्यालयमा बालवालिका भर्ना गराएका छन् । उनले बुधबार २७ जना वालवालिकालाई विद्यालयभर्ना गराएका हुन् । मोरङको वुुढिगंगा गाउपालिका–६ मा रहेको विपि प्रावीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले ती वालवालिकाहरुलाई विद्यालय भर्ना गराएका थिए । मन्त्री पण्डितले आदिवासी, जनजाती, सन्थाल, ऋषिदेव समुुदायका गरिव तथा विपन्नवर्गका वालवालिकालाई भर्ना गराएका थिए । यसैगरी विद्यालयमा अध्यनरत सोही क्षेत्रका २ सयभन्दा वढि छात्रछात्रालाई मन्त्री पण्डितले जुुत्ता, व्याग तथा सिलाई खर्च सहित ड्रेस वितरण गरे । सो अवसरीमा वोल्दै मन्त्री पण्डितलै लोपन्मुुख तथा सिमान्तकृत समुुदायको वालवालिकाको उच्च शिक्षाका लागी आफुले पठनपाठनको खर्च व्यवस्था मिलाउने वताए । त्यसैगरी मोरङको कटहरी गाउँपालिकामा रहेको जनता मावीमा पनि बुधबार एक नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले ३५ जना वालवालिकालाई विद्यालय भर्ना गराए । आदिवासी,जनजाती तथा लोपउन्मुुख समुुदायका वालवालिकालाई एक कार्यक्रमको आयोजनागरी मन्त्री घिमिरेले विद्यालय भर्ना गराएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ, कटहरी गाउपालिका तथा नागरिक समाजको अगुुवाईमा वालवालिकालाई प्रदेश सरकारका मन्त्री घिमिरेले विद्यालयभर्ना कार्यक्रमको आयोजना गरिएको हो । विद्यालय वाहिर रहेको वालवालिकालाई विद्यालयमा भर्ना गराउने उदेश्यले राष्ट्रिय अभियान अन्र्तगत भर्ना अभियान कार्यक्रम शुुरु भएको इकाइका प्रमुुख दिननाथ पुुरीले बताए । अभियान अन्र्तगत विद्यालय वाहिर रहेका सवै वालवालिकालाई विद्यालयमा भर्ना गराउने लक्ष्य रहेको उनको भनाई छ । जिल्लमा पाच प्रतिशत वालवालिका अझै विद्यालय वाहिर रहेका छन् । ति सवै वालवालिकालाई विद्यालय भर्ना गराउने उनले बताए ।