धनकुटा । नेपाल स्थित् जापानीदुतावासले जिल्ला अस्पताल धनकुटालाई अस्पतालको स्तर उन्नतीको लागी नेपाली रुपयाँ १ करोड रुपयाँअनुदान सहयोग गर्ने भएको छ । जापान सरकारको सहयोगमाजिल्ला सदरमुकामभोजपुरमाहालै निर्माण कार्य सम्पन्नआँखा अस्पतालको समुद्धघाटन गर्न जाने क्रममानेपालको लागीजापानी राजदुतमासाशीओगावालेधनकुटामा वुधवार यस्तो अनुदानको घोषणा गरेका हुन । ओगावाले भोजपुर जाने क्रममाजिल्ला अस्पताल धनकुटाको अवलोकन पछि आयोजित स्वागतएवं परिचयात्मककार्यक्रमलाई सम्वोधनगर्दै १ करोड वरावरको अनुदान रकमको घोषणा गरेका हुन् । धनकुटा जिल्ला अस्पतालको आयोजनामा सम्पन्न स्वागतएवं अस्पतालको परिचायात्मककार्यक्रममाजिल्ला अस्पतालका प्रमुख डा.फडिन्द्र बराल र अस्पताल विकास समितिकाअध्यक्ष सुनिल डंगोलले खदामालाले भव्य स्वागतगर्दै नेपालीहरुको वीरताको प्रतिक स्वरुप खुकुरी मायाको चिनु राजदुतओगावालाई प्रदान गरेका थिए । अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट समेत रहेका डा.बरालले जिल्ला अस्पतालको हाल रहेको भौतिकअवस्था, स्वास्थ्यको क्षेत्रमाकामगरिरहेका जनशक्ति र स्वास्थ्यउपचारमाप्रयोग भैरहेका उपकरणहरुको वारेमाजानकारी गराएको थिए । सो अवसरमाआयोजित स्वागततथा परिचायात्मककार्यक्रमलाई सम्वोधनगर्दै नेपालकालागीजापानी राजदुतमासाशीओगावाले आफ्नो नेपालवसाईको ४ वर्षे अवधीमाजिल्ला अस्पताल धनकुटाको स्तर उन्नतीको लागी सक्दो सायोगगर्ने प्रविद्धता जनाए । उनले दमक अस्पताल झापालाई पनि २ अघिल्लो वर्ष २ करोड सहयोग गरेको स्मरण गराउँदै धनकुटालाई पनि सहयोग गर्ने वचनदिएका छन् । उनले जापानीदुतावासले १ करोडसम्मको सहयोगको लागीजापानको केन्द्र सरकारलाई अनुरोध गरिहनु नपर्ने सोझै सहयोग गर्न मिल्ने वताए । ओगावाले सहयोग गरिएको जानकारी केन्द्र सरकारलाई दिएपुग्ने वताएका छन् । धनकुटा अस्पताल विकास समितिकाअध्यक्ष सुनिल डंगोलकाअध्यक्षतमा सम्पन्न स्वागततथा परिचायात्मककार्यक्रममाजापानी राजदुतवासकाकार्यक्रम संयोजककावारी इमाई, सह–संयोजक सान्दो योसिकी र कार्यक्रमअधिकृत सिद्धार्थ श्रेष्ठ, जिल्लाप्रशासनकार्यालय धनकुटाका प्रशासकियअधिकृत जितवहादुर श्रेष्ठ लगायतको पनिउपस्थिति रहेको थियो । सो अवसरमा अस्पताल विकास समितिकाअध्यक्ष सुनिल डंगोलले राजदुतओगाबालाई जिल्ला अस्पतालको तर्फबाट स्तरउन्नतीको लागीकार्यक्रम सहिततयार पारिएको प्रस्तावना हस्तान्तरण गरेका थिए ।