क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली कथानक छोटो चलचित्र हाम्रो जीएफ सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा क्रेजी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो सर्टमुभी सार्वजनिक गरेको हो । सर्टमुभिमा सन्तोष राई (छत्र), निशा इम्बुङ, करण धिताल, हिमाल राई, नरेन राई, पेम्बा सेर्पा र दिपेन घलेको अभिनय गरेको छ । सर्टमुभिलाई सञ्चारकर्मी सन्तोष राईले पहिलो पटक निर्देशन गरेका हुन् । निर्दशक राईले दर्जन बढी म्यूजिक भिडियो निर्देशन पछि पहिलो पटक छोटो चलचित्र निर्देशन गरेका हुन् । सर्टमुभिको कथा सन्तोष राई (छत्र)को रहेको छ, भने सम्पादन दिनसन साहले गरेका छन् । पूर्वको झापा र मोरङमा छायांकन गरिएको सो चलचित्रलाई भूपेन्द्र तुम्वाहाम्फेको छायाँकन रहेको हुन् । निर्देशक राईले भने ..यस सर्ट चलचित्रले टिनएजमा देखिएको सोसल मिडियाको क्रेज र त्यसको गलत प्रयोगले हुने युवा युवतीको नकारात्मक असरलाई देखाइएको छ । मोफसलमा रहेर क्रेजी इन्टरटेनमेन्टले भिडियो मेकिङलाई निरन्तरता दिइरहेको छ । चाँडै नै ठूलो व्यानरको चलचित्र पनि निर्माण गर्ने निर्देशक राईले बताइएको छ ।