तरहरा/ पछिल्लो समयमा शहर बजारमा माल्याउँदो विकृती रोक्न युवाहरुलाई जागरुक हुनु पर्ने एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बताएका छन् । कुलत रोक्न युवाहरु सचेत हुनु पर्ने उनको भनाई थियो ।

इटहरीमा चार महिना अगाडीदेखि शुरु भएको ड्रक्स फ्रि अभियानको मंगलबार समापन कार्यक्रमको वोल्दै कार्कीले सो कुरा वताएका हुन । युवाहरुकै प्रयासमा ड्रक्स फ्रि अभियानको आयोजना गर्नु एकदमै महत्वपूर्ण कार्य भएको बताएका थिए ।

नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलले चाहिनेभन्दा बढी औषधि सेवन गरे लत लाग्ने बताउँदै स्कुल र क्याम्पसका विद्यार्थीहरुको संगतले कुलत सँगै ड्रक्समा सहजै फस्ने बताए । भने,‘युवाहरुलाई सकारात्मक बाटोमा ल्याउनका लागी अभिप्रेरित गर्नु सराहनीय र उदाहरणीय काम भएको बताए ।

प्याव्सन सुनसरी अध्यक्ष सुमित थापाले विद्यार्थीहरुलाई ड्रक्स फ्रि अभियान चलाएर कुशल प्रशिक्षकको रुपमा स्थापित गर्नु उदाहरणीय काम भएको बताए । लागुपदार्थ दुव्र्यसनी सेवन गर्दा आफ्नै ज्यान जोखिममा रहने भएकाले उक्त कार्यक्रमले विद्यार्थीको मनोभावनामा परिवर्तन ल्याएको अध्यक्ष थापाले बताए ।

युवाहरुको प्रयासमा इटहरीमा नै यस्तो अभियान चलेर समाजलाई दुव्र्यसनमुक्त राख्नु गौरवको कुरा रहेको उनको भनाई थियो । संगीत साधनाका महासचिव राजु केसी, मुख्य प्रशिक्षक रामकुमार धमलाले बोल्दै सो कार्यक्रम गर्न धेरै चुनौती रहेपनि सफल भएकोप्रति खुशी ब्यक्त गरे ।

युवाहरुलाई अभिप्रेरित गर्नका लागी कार्यक्रमको आयोजना गर्नु सराहनीय कार्य रहेको र आगामी दिनमा आँफूहरुले सकेको सहयोग गर्दै जाने विश्वास दिलाए । उक्त अभियानका संयोजक युवा अभियन्ता सम्राट थापाले कार्यक्रममा बोल्दै आँफूहरुले सामाजिक उत्तरदायित्व बहन गरेको बताए । पाँच बर्ष सम्ममा समाजलाई उच्च स्थानमा पुर्याउने बताउँदै उनले अबको चार बर्षसम्म निरन्तर अभियान चलाउने दाबी समेत गरे । भने,‘नराम्रो मान्छेको प्रभावले हैन,राम्रो मान्छेको अभावले समाज बिग्रन्छ ।’

समाजमा राम्रो मान्छेको कमी भएको र बिभिन्न तालिम र यस्ता अभियानबाट राम्रा मान्छे उत्पादन हुने उनको विश्वास थियो । उक्त अभियान चलाउँदा बिभिन्न ठाउँबाट आर्थिक सहयोग आएपनि सामाजिक,मानसिक र भौतिक सहयोग गर्नु ठूलो कुरा रहेको थापाको भनाई रहेको थियो । समाजमा रहेको सवै युवाहरुले समाजमा सकेको सहयोग गर्दै जान अपिल गरे । यो पहिलो चरणको कार्यक्रम रहेको र आगामी दिनका कार्यक्रमहरुमा सरोकारवालाहरुको महत्वपूर्ण सहयोग चाहिनेमा थापाको जोड थियो ।