एजेन्सी । एउटा राष्ट्रपतिको निकै प्रशंसित पत्नी र अर्का राष्ट्रपतिको निकै वफादार आमा बारबारा बुशको ९२ वर्षको उमेरमा निधन भएको छ ।  बुस परिवारको प्रवक्ता जीम म्याकग्रयाथले उनको मृत्युको घोषणाको बारेमा ट्वीटरमा जानकारी दिएका थिए ।

आइतबार उनका लोग्नेको अफिसबाट पूर्व राष्ट्रपति जार्ज बुसले एउटा विज्ञप्ति जारी गर्दै भनेका थिए कि आफ्ना परिवार र डाक्टरहरुसँग परामर्श गरेपछि श्रीमती बुसले “कुनै किसिमको थप औषधि उपचार गर्न अस्विकार गरेकी थिइन र उनलाई पूर्ण हेरविचारका साथ राखिएको थियो ।”

बुस परिवारले गएको जनवरीमा ७३ औं वैवाहिक वर्ष गाँठ मनाएका थिए जुन राष्ट्रपतिको इतिहासमा सबभन्दा बढी समय सम्म बाँच्ने जोडी थिए ।

श्रीमती बुसलाई डिसेम्बर २०१३ मा निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । सन् २००८ मा अल्सर भएपछि उनको शल्यक्रिया गरिएको थियो भने त्यसको ४ महिनापछि उनको मुटुको अप्रेशन गरिएको थियो ।

पति र छोरा राष्ट्रपति हुनेमा श्रीमती बुस अमेरिकाको इतिहासमा दोश्रो महिला थिइन् । पहिलो चाहीँ आबिगेल आदम्स थिइन् जसको पति जोन आदम्स र छोरा जोन क्वीन्सी आदम्स राष्ट्रपति भएका थिए ।

आफ्नो परिवारप्रति समर्पित श्रीमती बुस आधुनिक चमक दमक र तडकभडक देखि टाढा थिइन् र आफ्नो पतिको राजनीतिक सफलताको लागि महत्वपूर्ण भूमिका खेलिकी थिइन् । सन् १९८९ को जनवरी देखि जनवरी १९९३ सम्म पहिलो महिला हुँदा श्रीमती बुस विवादपूर्ण विषयमा सार्वजनिक रुपमा कुराकानी गर्न अस्विकार गरेकी थिइन् विशेष गरेर जब उनको विचार आफ्नो श्रीमानसँग फरक पर्दछ ।