मोरङ/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसै आर्थिक वर्षभित्रै तीन तहमा कर्मचारी समायोजन सक्ने जानकारी दिएको छ । सञ्चारकर्मीसँग मन्त्री पण्डितले स्थानीय तहमा कर्मचारी अभाव हुन नदिने उल्लेख गरे । उनले कर्मचारीको सुविधाका लागि घरपायक सरुवा गराउने तयारी भएको भन्दै कर्मचारी अभाव नहुने बताए । उनले सरकारले स्वेच्छिक अवकाशको प्रक्रिया स्थगित गरिसकेको जानकारी गराउदै कर्मचारीलाई काममा फर्किन आग्रह समेत गरे । उनले सरकारले स्वेच्छिक अवकाश योजना तत्कालका लागि स्थगित गरेपछि साढे १२ सय कर्मचारी नियमित अवकाशमा गइसकेको जानकारी समेत दिए ।