स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा सेल्टा डी भिगोले बार्सिलोनालाई बराबरीमा रोकेको छ । सेल्टाको मैदानमा भएको खेलमा घरेलु टिमले १० खेलाडीमा सिमित बनेको बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोक्यो ।

खेलको ३६ औं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ४५ औं मिनेटमा जोन्नी कास्ट्रोले गोल गर्दै पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा पुर्‍याए ।

६४ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । ७१ औं मिनेटमा लागो अस्पासलाई फल गरेका कारण सर्जी रोबर्टो रातो कार्ड पाउन पुगेपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो ।

१० खेलाडीको फाइदा उठाउँदै सेल्टा डी भिगोले ८२ औं मिनेटमा गोल गर्‍यो । बराबरीपछि बार्सिलोनाले ८३ अंक बनाउँदै लिगमा १२ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७१ अंक छ । सेल्टा भने ४४ अंकसहित आठौं स्थानमा छ ।