टेलिभजिनको दुनियामा डिट्ठा साबको नामले चिनिएका हाँस्य कलाकार किशोर भण्डारीले निर्देशन गरेको चलचित्र ‘चङ्गा’ को पहिलो गीत रिलिज गरिएको छ । कम्पनी माला बोलको गीतमा चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । राजन राज सिवाकोटी र अन्जु पन्तको आवाजमा रहेको उक्त गीतमा राजनराजको संगित र राजेन्द« थापाको शब्द रहेको छ ।

कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो ट्रिपिकल नेपाली लोक शैलीमा नै निर्माण गरिएको छ । रिश्मा तिमल्सिनाको निर्माणमा तयार भएको यस चलचित्रमा बुद्धि तामांङ , राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुर्णतय मनोरञ्जन विधामा निर्माण हुने चङ्गा’ को कथा निर्देशक स्वयंमले लेखेका हुन् ।’चङ्गा’आउँदो जेठ ८ मा रिलिज हुँदैछ ।