तरहरा/ इटहरीमा जेलिन मन्टेश्वरी संञ्चालनमा आएको छ । इटहरी ४ स्थित हलगडामा आधुनिक मन्टेश्वरी अवधारणा अन्तर्गत जेलिन संञ्चालनमा आएको हो ।

मन्टेश्वरी सम्बन्धि तालिम प्राप्त शिक्षिकाहरुको दंक्ष टिम सहित इटहरीका युवा नेपाल विद्यार्थी संघका सुनसरी सचिव नबिन कटुवालको लगानीमा जेलिनले सोमबारबाट नयाँ भर्ना सहित कक्षा शुरु गरेको छ । बालबच्चाहरुलाई प्रयोगात्मक शिक्षामा बढी जोड दिने जेलिनको मुख्य योजना रहेको छ ।

न्युनतम मापदण्डमा बालमैत्री वातावरण, बालमनोविज्ञानमा पर्याप्त ज्ञान हासिल गरेका संस्थापक र शिक्षिका समाबेश गरिएको सञ्चालक कटुवालले वताए । मन्टेश्वारीको जेष्ठ नागरिक मिठुमाया कटुवालले रिबन काटेर उदघाटन गर्नुभएको थियो ।

उदघाटनको अवसरमा ३ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा पद बहादुर थापा, मिठुमाया कटुवाल र भक्त बहादुर घिमिरे रहेका छन ।