काठमाडौं/ बलिउडकी लेडी अमिताभ बच्चन श्रीदेवी त रहिनन् तर उनको भूमिका भने गर्व गर्न लायक ठहरिएको छ ।

श्रीदेवीले राष्ट्रिय फिल्म अवार्डमा चलचित्र ‘माम’ बाट बेस्ट एक्ट्रेस अवार्ड जितेकी छिन् । श्रीदेवीको गत महिना मृत्यु भएको थियो ।

चलचित्र न्यूटनले बेष्ट हिन्दी फिल्म अवार्ड जित्दा यही फिल्मका अभिनेता पंकज कपूरले स्पेशल अवार्ड जितेका छन् ।

त्यसैगरी बाहुबली–२ ले बेष्ट एक्सन डाइरेक्टर तथा बेष्ट स्पेशल इफेक्ट मुभीको अवार्ड जित्दा बेष्ट एडिटिङ अवार्ड विलेज रकस्टारबाट असम भाषाले जितेका छन् ।