भारतको उत्तर प्रदेश राज्यमा बर्षासहितको उच्च गतिको हावाका कारण ताजमहलमा क्षति भएको छ ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा चलेको हावाले ताज महलमा पनि क्षति पुर्‍याएको हाे । उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको थियो ।

उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि बर्षासहित तीव्र हावाहुरी आएको थियो । भारतीय अधिकारीका अनुसार आग्रामा आठ जनाको ज्यान गएको छ भने मथुरामा चार र फिरोजावादमा दुई जनाको ज्यान गएको छ ।

विनाशकारी हावाहुरीले ताजमहलमा समेत क्षति पु्र्‍याएको छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ताज महल भारतको ऐतिहासिक प्राचिन सम्पदा हो । यो विश्वकै सात आश्चार्य मध्येको एक सम्पदाको रुपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा पनि हो ।

गएको मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा ताज महलको प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्शान भएको छ । त्यसैगरी ताज महलको अर्को पोलमा पनि क्षति पुगेको भारतीय स१चार माध्यमले जनाएका छन् ।

ताजमहलको भुँइतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको छ ।