काठमाडौं । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मंगलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बेलेमस्थित दिउँसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए ।

मृतकमध्ये १९ जना कैदी रहेका र बाँकी उनीहरूका आफन्त रहेका बताइएको छ । घटनामा कैदीको रेखदेखमा खटिएका चार सुरक्षाकर्मी घाइते भएका छन् ।

कारागारका प्रमुख अधिकारीका अनुसार छ जना सुरक्षाकर्मीलाई अपहरण गरेपछि कैदीको भगौडा समूहले जेलभित्र दंगा मच्चाएका र उनीहरूलाई नियन्त्रण गर्ने क्रममा कारागारको गेटमा विष्पोटक पदार्थले आक्रमण गरेका थिए ।

तत्काल सुरक्षा गार्डले गरेको प्रतिक्रियाका कारण कैदी भाग्न भने नसकेका बताइएको छ ।

-एजेन्सी