काठमाडौं/ अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा २०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

अल्जेरियाको राजधानी अल्जेरियसमा रहेको बउफारिक विमानस्थलमा बुधबार उक्त विमान दुर्घटना भएको हो ।

विमानमा २०० जना यात्री रहेको अनुमान गरिएको छ । विमानमास्थलमा रहेको विमानमा आगोलागी भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । थप विवरण आउन बाँकी छ । (एजेन्सी)