काठमाडौं/ भारतको तेलांगनामा सात वर्षीया बालिकालाई बलात्कार गर्ने ४५ वर्षीय मजदूरलाई गाउँलेले ढुंगाले हानेर मारेका छन्।

प्रहरीका अनुसार डोंकेश्वर गाविसमा शनिबार साँझ भएको हो।

प्रहरीका अनुसार गाउँलेले ४५ वर्षीय सयन्नालाई रुखमा बाँधेर ढुंगा र लौरोले हानेर मारेका हुन्। ती मजदूरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

रक्सीले मातेर आएका सयन्नाले छिमेकीकी छोरीलाई चकलेट लिने भनेर बोलाई बलात्कार गरेका थिए।

बालिका कराउन थालेपछि गाउँलेले उनका बुबाआमालाई खबर गरेका थिए। घटनाबाट आक्रोशित गाउँलेले ती मजदूर सयन्नाले ढुंगा र लौरोले हानिहानी मारेका हुन्।